मधेशका राज्यमन्त्री मण्डलद्धारा रेडक्रसलाई एम्बुलेन्स दिने घोषणा

सामाजिक कार्यमा निस्वार्थ भावनाले काम गरिरहेको उनको प्रशंसा भइरहेको छ ।

२०७६ बैशाख १५ आइतबार
बिहान ०५:०४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज  ब्यूरो, सिरहा । समाजिक कार्यमा हात बढाएर चर्चामा कमाएका प्रदेश नं. २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले रेडक्रसलाई एम्बुलेन्स दिने घोषणा गरेका छन् ।

 

एक समारोहबीच प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री मण्डलले नेपालल रेडक्रस सोसाईटी सिरहाको उपशाखा कल्याणपुरलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका हुन् ।
रेडक्रस उपशाखा कल्याणपुरको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यमंत्री मण्डलले यस्तो घोषणा गरेका हुन् । 


एक डोम समुदायकी अति विपन्न परिवारलाई छोरी विहेको सम्पूर्ण खर्च तिरेर समाजिक रुपमा चर्चा कमाएमा मन्त्री मण्डलले आफ्नो संसदीय कोषको रकमबाट एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।

 

उनले भने, - 'यहाँको जनताको चाहना र पीडालाई महसुस महसुस गर्न सक्छु । यहाँको आम सर्वसाधारणको पीडालाई धेरै हदसम्म महसुस गरेको छु र बुझेको छु । विभिन्न समयमा एम्बुलेन्सको अभावमा कैयौँले ज्यान गुमाएको पीडा मनमै छ । यहाँको जनताको स्वास्थ्य सुविधाको लागि एम्बुलेन्स प्रदान गर्ने प्रतिवद्धता यही मँचबाट जाहेर गर्दछु ।" 

 

राज्यमंत्री मण्डलले यसअघि सोही ठाउँका अति विपन्न डोम समुदायकी छोरीको विहे आफैले सम्पूर्ण खर्च व्यहोरेर गराएका थिए । सामाजिक कार्यमा निस्वार्थ भावनाले काम गरिरहेको उनको प्रशंसा भइरहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७६ बैशाख १५ आइतबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus