डा. सिके राउतको जनसभा आज, सुरक्षा व्यवस्था चुस्त !

डा. राउतको सुरक्षाको लागि उनका आफ्ना व्यक्तिगत सुरक्षागार्डहरु पनि उनलाई सुरक्षा दिने जनाइएको छ । 

२०७५ चैत ३० शनिबार
बिहान ०९:३६ बजे

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको नव गठित जनमत पार्टीको विशाल जनसभा आज सिरहाको मिर्चैयामा हुँदैछ । जनसभाका लागि आवश्यक सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

 

डा. राउतको कार्यक्रममा ठूलो सँख्यामा सर्वसाधारणको उपस्थिति रहने आकडालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जनाए । उनले न्यूज ब्यूरोसँग भने,-'उहाँको कार्यक्रममा नसम्हालिँदो भिड हुन्छ, त्यसलाई मध्यनजर गर्दै हामीले आवश्यक सुरक्षा व्यवस्था तैनाथ पारेका छौं ।'

 

उनले जनसभालाई सुरक्षा व्यवस्थाको दृष्टिकोणले दुरुस्त बनाउन चाहिने सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक परे बाहिरबाट पनि थप सुरक्षाकर्मी बोलाउने बताए ।

 

जनसभालाई सम्बोधन गर्न डा. राउत आज दिउँसो १२ बजे मिर्चैयास्थित मोहन उमाविको प्राँगनमा आउन लागेका हुन् । डा. राउतले सम्बोधन गर्ने उक्त सभामा ठूलो सँख्यामा उनका समर्थक सहभागी हुने आकलन गरिएको छ ।


डा. राउतको सुरक्षाको लागि उनका आफ्ना व्यक्तिगत सुरक्षागार्डहरु पनि उनलाई सुरक्षा दिने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus