मधेशी चिकित्सक संघले स्वास्थ्यमन्त्री उपेन्द्र यादव विरुद्ध आन्दोलन गर्छ : डा. पँजियार

भुक्तानी पाउनेमा रजिष्टार तुलबहादुर श्रेष्ठका भाइ गोपाल श्रेष्ठका तीनवटा कम्पनी छन् ।

२०७५ चैत १३ बुधबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी चिकित्सकहरुको छाता संगठनको रुपमा रहेको मधेशी चिकित्सक संघले नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव विरुद्ध आन्दोलनको तयारी गरेका छन् । 

 

स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र जस्तो संंवेदनशिल निकायहरुमा भ्रष्टारीलाई संरक्षण दिएको भन्दै मन्त्री यादव विरुद्ध आन्दोलनको तयारी गरिएको मधेशी चिकित्सक संघका प्रवक्ता डा. विनय पँजियारले जानकारी दिएका छन् । उनले पटक पटक यस्ता घटनाहरुलाई मूर्तरुप दिँदै मन्त्रीकै संरक्षणमा स्वास्थ्य प्रतिष्ठानहरुमा पनि भ्रष्टाचार मौलाएको भन्दै आन्दोलनको विकल्प नरहेको बताएका छन् । 

 

संघले विभिन्न समय मन्त्री यादवलाई स्वास्थ्य क्षेत्रमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण सहित जिम्मेवारीको सम्बन्धमा ध्यानाकर्षण गराएपनि उल्टै भ्रष्टारीलाई संरक्षण दिएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । उनले धरान स्थित रहेको घोपा क्याम्प विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत जिम्मेवार र इमान्दार व्यक्तिलाई हटाएर भ्रष्टहरुलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।


स्वास्थ्य मन्त्री यादवकै रोहबरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्टहरुको समूहका रजिष्टार तुलबहादुर श्रेष्ठ, निमित्त उपकुलपति डा। गुरु खनाल र पूर्वभीसी डा। बलभद्र दासले २०७५ चैत ४ गते १३ करोड रुपैयाँको चेक काटेको दाबी गर्दै त्यो चेक किन र केको लागि काटिएको तथा कुन व्यक्तिलाई उपलब्ध गराएको बारे कुनै पत्तो नभएपछि शंका उब्जीएको बताएका छन् ।

 

मन्त्री यादवमाथि भ्रष्टाचारको आरोप लगाएर सिनेटबाट हटाएर निमित्त उपकुलपति भएकै दिन डा. खनालले १३ करोडको चेक काटी विभिन्न टेण्डरको भुक्तानी दिइएको छ । टेण्डर र तलव भत्ता भनेर निमित्त भीसी खनालले १३ करोडको चेक मन्त्री उपेन्द्र यादव र सचिव डा. पुष्पा चौधरी प्रतिष्ठानमा उपस्थित भएकै दिन काटेका हुन् । 

 

मन्त्री यादव र सचिव चौधरी उपकुलपति डा। आरके रौनियारलाई सिनेटबाट पदमुक्त गर्ने निर्णय भएपछि निमित्त उपकुलपतिको पदबहाली कार्यक्रममा गएका थिए । एकातिर मन्त्री र सचिवको स्वागत भइरहेको थियो भने अर्कोतिर रजिष्टार तुलबहादुर श्रेष्ठले धमाधम विगतमा रोकिएका टेण्डरको भुक्तानी दिएका थिए । 

 

कर्मचारीको तलब भुक्तानी गर्ने बहाना बनाएर टेण्डरवालाको भुक्तानी गरिएको  छ । ठेक्काको भुक्तानी पनि विवादास्पद कम्पनीहरुलाई दिइएको छ, काम नै नगरेका कम्पनीलाई भुक्तानी दिएको छ प्रतिष्ठानका एक अधिकारीले भने, भुक्तानी पाउनेमा रजिष्टार तुलबहादुर श्रेष्ठका भाइ गोपाल श्रेष्ठका तीनवटा कम्पनी छन् ।

 

आर्थिक प्रशासन शाखाका एक कर्मचारीका अनुसार कर्मचारीको तलब भुक्तानी एक दुई हप्ता पछाडि गर्दा पनि फरक नपर्ने अवस्था थियो । तर कर्मचारीको तलबको बहाना बनाएर नातेदार ठेकदारको रकम भुक्तानी भएको छ । निमित्त भएकै दिन भुक्तानी गर्नुले नियत सफा नभएको देखिन्छ । 

 

ठेकेदार गोपाल श्रेष्ठले भने आफूले सरसफाई, छपाई र पेट्रोलको भुक्तानी लिएको दाबी गरेका छन् । अप्पुश्री इन्टरप्राइजेज, अरुण पेट्रोल पम्प र धरान प्रिन्टिङ प्रेसको भुक्तानी प्रतिष्ठानले गरेको थियो । मन्त्री र सचिव गएकै दिन १३ करोड रुपैयाँको चेक काट्नुले त्यो भागबण्डा माथिसम्म नै पु¥याउन हो भन्ने संकेत दिएको छ ।

 

मन्त्री यादवले डा. रौनियारलाई उपकरण खरिददेखि विभिन्न टेण्डरमा विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेज÷लाइफलाइन ट्रेड इन्टरनेशन र चेतन अग्रवालको बायामेडको इशारामा नचलेपछि उनलाई सिनेटबाट कथित भ्रष्टाचारको आरोपमा हटाउन लगाएका छन् ।

 

हाल उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारी संयोजकत्वको छानबिन समितिले अरबौं रुपैयाँ अनियमितता गरेको आरोप लागेका रजिष्टार तुलबहादुर श्रेष्ठ, रेक्टर गुरु खनाल र पूर्वभीसी बीपी दासलाई कारबाही गर्न सिफारिस गरेको छ । 

 

तर मन्त्री यादवले तिनै कारबाही गर्न सिफारिस गरिएका रेक्टर गुरु खनालको नेतृत्वमा छानबिन समिति बनाई काइते प्रतिवेदन बनाएर रौनियारलाई पदमुक्त गरेका छन् । रौनियारले उनले भने अनुुसार करोडौंको थैली नबुझाएपछि उनलाई मन्त्री यादवले हटाउन लगाएको आरोप छ । 

 

यसैबीच, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपती उपेन्द्र यादबले रेक्टर गुरु खनाललाई निमित्त उपकुलपतीको जिम्मेवारी दिएको पत्र दर्ताको बिषय शंकास्पद भएको छ ।

 

रेक्टर खनालले चैत ५ गते गर्दा गराएको पत्रलाई केरमेट गरेर ४ बनाइएको रहस्य खुलेको हो । उनको पत्र ५ गते दर्ता भएको तर अदालताको आदेश ४ गते नै भएको साथै उक्त आदेश पनि ५ गते दर्ता हुने अबस्था भएपछि केरमेट गरेर ४ गते बनाइएको कर्मचारीहरुले बताएका छन् ।

सांघु साप्ताहिकको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ चैत १३ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus