आठौँ राष्ट्रिय खेलकूदको लागि खेलाडीहरु छनोट, मधेशबाट को- को खेलाडीहरु छानिए ? 

२०७५ फाल्गुण १४ मंगलबार
बेलुकी ५:०३ बजे
न्यूज ब्यूरो | नेपाल
साँकेतिक तस्विर | गुगलबाट साभार


न्यूज ब्यूरो, जनकपुरधाम । आठौँ राष्ट्रिय खेलकूदका लागि मधेशबाट बाट पुरुष फुटबलको टोली छनोट गरिएको छ ।  २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । 

 

समितिका अनुसार मधेशको ८ वटै जिल्लाहरुमध्ये धनुषाबाट सदाम मन्सुर, महोत्तरीबाट, अम्बर बहादुर स्यांबो, सँतोष राई र सागर सुस्लिंग, सर्लाहीबाट अरुण ब्लोन, पर्साबाट सुनिल राउत कुर्मी, सर्लाहीकैरामहरि पौडेल, सिरहाका अनिल माझी र सप्तरीबाट सुशीलकुमार यादव छनौट भएका छन् ।


यसैगरी, पर्साबाटै कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गङ्गाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टङ्कबहादुर सिङ्तान टोलीमा समावेश छन् । 


राष्ट्रिय खेलकूदको लागि मधेशबाट पहिलो पटक यतिको खेलाडीहरु छनौट गरिएपछि प्रदेशका युवाहरुमा उत्साह बढेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७५ फाल्गुण १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus