सप्तरीमै पहिलोपटक सिटीस्क्यान र आईसीयु सेवा सुरु

सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने विश्वास गरिएको छ ।

२०७५ फाल्गुण ४ शनिबार
दिउसो १२:१२ बजे
न्यूज ब्यूरो, डेस्क

सप्तरी, ४ फागुन । सप्तरीमै पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा सञ्चालन गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकामा अवस्थित युनिक अस्पतालले पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा शुभारम्भ गरेको हो ।

 

जिल्लामै प्रथमपटक ५ भेन्टिलेटर सहितको आईसियु र ५ सिसीयु समेत जडान गरिएको युनिक अस्पतालका अध्यक्ष जय प्रकाश ठाकुर जानकारी गराए । 

 

पछिल्लो पटक आईसियुको अभावमा सप्तरीका अत्ति विपन्न तथा गरीब, निमुखा जनताहरुको ज्यान जोखिममा जाने गरेको तथा सो सेवा लिनका लागि बाहिरका जिल्लामा जाँदा ठुलो रकम तिर्नुपर्ने बाध्यता थियो । अब यसबाट मुक्ति मिल्ने विश्वासका साथ सो सेवाको शुभारम्भ गरिएको उनले बताए ।

 

सप्तरीमा यसअघि यस्तो मेसिन नहुँदा यहाँका हजारौ बिरामीहरु धरान, विराटनगर र काठमाण्डौंमा गएर बढी मुल्यमा सेवा लिनुपर्ने अवस्था रहेको समयमा यस्तो सेवाले सहज हुने भएको छ । 

 

सो सेवाबाट मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डी समस्या, पेटको समस्या लगायतका सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने विश्वास गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ फाल्गुण ४ शनिबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus