डा. सिके राउतका समर्थकले गरे धरौटी रकम अस्विकार, जेल जान तयार !

स्वतन्त्रताको आवाज दबाउने कार्य गरिरहेको आरोप ।

२०७५ फाल्गुण २ बिहीबार
रति ८:१२ बजे

जनकपुरधाम, २ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतका समर्थक एवम् कार्यकर्ता अदालतले तोकेको धरौटी अस्विकार गर्दै जेल जान मन्जुर गरेका छन् ।

 

गत माघ ५ गते बलिदानी दिवसको दिन सप्तरीको राजविराजबाट गिरफ्तार भएका गठबन्धनका श्याम यादव, सरोज यादव, सुशील मण्डल र अभिनाष पण्डितलाई जनही ५० हजार धरौटी रकम माग गरिएको हो ।

 

झण्डै २७ दिन हिरासतमा राखी बालबालीका दुरुपयोग कसुर ऐन अन्तर्गत दायर गरिएको मुद्दामा अनुसन्धान गरी दोषी ठहर गर्दै मोटो धरौटी रकम माग गरिएको छ ।

 

नेपालको प्रहरी प्रशासनले गर्न नसकेपछि न्यायालयले अनावश्यक आर्थिक भार दिई मानिसहरुको वाक स्वतन्त्रतालाई कुण्ठित गरिने कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।

 

उनीहरूले न्यूज ब्यूरोसँग भने,-'नेपाल सरकारले मधेशीहरुलाई मानसिक र आर्थिक कमजोर पारी स्वतन्त्रताको आवाज दबाउने कार्य गरिरहेको छ, बिना कसुर झुठा मुद्दा लगाउनुबाट न्यायको घर भनिने अदालतको नियत पनि प्रष्ट हुन्छ ।'

 

बिना कसुर मोटो धरौटी रकम माग गरेको भन्दै उनीहरू रकम तिर्न अस्विकार गरेका हुन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ फाल्गुण २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus