जनकपुर : सेवाग्राहीलाई रसिदै नदिएर राजस्व छली , राजस्व सबै कर्मचारीकै खल्तीमा 

प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटि भएको स्वीकार गरेका छन् ।

२०७५ माघ २५ शुक्रबार
बेलुकी ६:०८ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, २५ माघ ।   जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ ।


वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएको हो । उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले आज गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुलेको छ ।

 

 वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्य छली हुने गरेको देखिएको छ । पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत् एक हजार १० रुपैयाँ लिएको थियो । तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको थियो । 

 

यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोली आज वडा कार्यालय पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको खुलासा भएको छ । एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएको छ । प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटि भएको स्वीकार गरेका छन् ।

 

यता, वडा कार्यालयका अध्यक्ष रामचन्द्र साहले आफूले सचिवमाथि विश्वास गरेर हस्ताक्षर गरेको भन्दै यसमा आफ्नो संलग्नता नरहेको बताउनुभयो । उहाँले यो कार्यमा सचिव साहले त्रुटि गरेको बताउनुभयो । 


कागजपत्र चेकजाँचपछि उपमेयर मिश्रले वडा सचिवलाई सोमबारसम्ममा सबै कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिनुभएको छ । यसैबीच, वडा कार्यालयका सदस्यहरूले यो घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरूले उपमहानगरपालिकाले कारबाही नगरे अख्तियारमा निवेदन दिने चेतावनीसमेत दिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ माघ २५ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus