अब जनकपुर अञ्चल अस्पतालमै  'NICU' सेवा सुरु, धरान र काठमान्डौ जानै नपर्ने 

निम्न वर्गका सर्वसाधारणले ठुलो राहत पाउने

२०७५ पौष १५ आइतबार
रति ९:३२ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विर : Shailendra Mahato kranti


जनकपुरधाम, १५ पुस । वर्षौको प्रतिक्षापछि जनकपुर अञ्चल अस्पताल जनकपुरमै एनआइसीयू ( Neonatal intensive care unit) सुरु गरिएको छ । 

 

शिशुहरुका लागि एनआईसियु र नर्सरी सेवा प्रारम्भ भएको छ । शिशुहरुका लागि पाँच भेन्टिलेटर सहित ८ शैयाको एनआईसियु र १५ शैयाको नर्सरी सेवा आईतवारबाट सञ्चालनमा ल्याइएको हो ।


एक वर्षको मिहिनेत र प्रयास पश्चात संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा ५ वटा भेन्टिलेटर सहित ८ शैयाको एनआईसियु र नर्सरी सेवा सञ्चालनमा ल्याउन सम्भव भएको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।


यस अस्पतालमा एकवर्ष अघि १४ शैयाको आईसियु सेवा सञ्चालनमा आएपनि एनआईसियु सेवा नहुँदा गरिब एवं निम्नवर्गका सर्वसाधारण चर्को शुल्क तिरेर जनकपुर तथा बाहिरका निजी एनआईसियुमा शिशुलाई उपचार गराउन बाध्य थिए । अव जनकपुरमा चर्को शुल्क तिरेर शिशुलाई एनआईसियुमा राखेर उपचार गराउने बाध्यताको अन्त्य भएको छ ।

 

उनले भने ‘ यदि आईसियु सेवाका लागि एक मेडिकल अधिकृत सहित लाग्ने स्टाफ नर्सको व्यवस्था गरिदिए एनआईसियु सेवा पनि निःशुल्क हुन्छ’। 

अस्पतालमा शुरु गरिएको एनआईसियु सेवामा बेडको न्युनतम शुल्क बाहेक अन्य सबै सुविधाह निःशुल्क प्रदान गरिने एनआईसियु सेवाका ईन्चार्ज एवं बाल रोग विशेषज्ञ डा।जामुन सिंहले बताए । एनआईसियु सेवाका लागि प्रति बेड न्युनतम दैनिक ३ हजार रुपैयाँ निर्धारण गरिएको छ भने अन्य सबै औषधि उपचार सुविधाहरु निःशुल्क हुने बताए ।


एनआईसियु सेवा सञ्चालन गर्न सरकारले सहयोग गरेतापनि त्यसमा लाग्ने जनशक्तिको व्यवस्थापन नगरेकाले उठाइने न्युनतम शुल्कबाटै जनशक्तिको व्यवस्थापन गर्नुपर्ने ईन्चार्ज सिंहको भनाई छ । ‘बेड सेवा वापत न्युनतम शुल्क लिनु पर्ने अस्पतालको वाध्यात्मक अवस्था छ । त्यसैबाट कर्मचारी व्यवस्थापन गर्नुपर्छ |


तर बाहिरको निजी क्लिनिकमा एनआईसियुमा शिशुलाई राखेर उपचार गर्ने खर्चको तुल्नामा जनकपुर अञ्चल अस्पतालमा निकै सस्तो पर्ने डा. सिंहको भनाई छ । बाहिर एनआईसियुमा राखेर उपचार गराउँदा दैनिक १५ देखि २० हजार रुपैयाँ लागेको खण्डमा यस अस्पतालमा मात्र ३ हजार रुपैयाँमा सम्भव भएकाले गरिब एवं निम्न वर्गका सर्वसाधारणले ठुलो राहत पाउने उनले थपे ।

.....................................


समाचार श्रोत : पत्रकार शैलेन्द्र क्रान्ति र टुडेपाटीको सहयोगमा 
समाचारको अरिजिनल लिंक : http://www.todaypati.com/?p=10788&fbclid=IwAR3yh3IVs5B51RF9cR7509HsNzw27sK4lo0Bljv1zFxTvFbdV6XcbizcwoE

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ पौष १५ आइतबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus