बिना पानी र विजुलीको शवगृह , सय रुपैयाँमा गर्छन चिरफार !

२०७५ भदौ ३ आइतबार
बिहान ०७:५० बजे
बाबु प्रेम यदुवन्शी



महोत्तरी, ३ भदौ ।   यो फोटो जिल्ला अस्पताल जलेश्वर भित्र रहेको शव गृहको हो ।


 जिल्लामा रहेको एकमात्र शवगृहको यस्तो अवस्था देख्दा सायद पत्यार लाग्दैन होला तर यो वास्तविकता हो । सरोकारवालाहरुले यसलाइ उपहास गर्ने बनाएका छन । यसका संरक्षक र व्यवस्थापकहरुको कमि कमजोरीले शवगृह वास्तवमै नर्कगृह देखिएको छ ।


साविकमा गौशाला अस्पताल र जलेश्वर अस्पताल गरि दुई स्थानमा शवको पोष्टमार्टम हुने गरेपनि हाल एक स्थानमा सिमित हुन गएको शव गृह र पोष्टमार्टम गर्ने स्थल दुई कोठे भवनमा सिमित छ । तर उक्त दुई कोठा पुग्न पनि सामान्य किसिमले सकिन्न । 

 

शवगृह पुग्ने बाटो अस्पतालबाट निस्केको फोहोर ,सिरिन्ज,निडिल लगायतका फोहोरहरुले भरिभराउ छ तर त्यो सफा गर्न कसैले आवश्यक ठान्दैनन । चिकित्सकहरु समेत छेउमै रहेको एमसिएचको भवनको भित्री ढोका प्रयोग गरेर शवगृह पुग्छन र पोष्टमार्टम गर्छन ।

 

 


जलेश्वर अस्पतालका समेत प्रमुख रहेका जिल्ला स्वास्थ्य प्रमुख डा.राजिव झा भन्छन “जनशक्ति अभाव छ । एउटा मेस्तरलाई करारमा राखेका छौ उसैले शवको चिरफार गर्छ अनि डाक्टरले अन्य पोष्ट मार्टमको प्रकृयाहरु पुरा गर्छन । सरसफाईकै लागि समेत निरन्तर प्रयास गर्दैछौ तर सफल हुन सकिरहेका छैनौ । अझ पोष्टमार्टम गर्ने टेवल नभएर साधारण टेवलमै राखेर शवको पोष्टमार्टम गर्ने गरेका छौ । ”

 

चिरफार गर्नेलाई सय रुपया :

शवको पोष्टमार्टम गर्नेले सय रुपया भन्दा वढी पाउदैन । एउटा शव पोष्टमार्टम गरे वापत आउने एक हजार रुपया मा डाक्टरले ५००,मेडिकल रेकर्डरले २०० लिन्छन भने वाकि पैसामा सरसफाई र चिरफार गर्ने कर्मचारीले वाडछन ।

 


 यता विशेष रुपले पोष्टमार्टम नै गर्न राखिएका उक्त एकमात्र कर्मचारीले पोष्टमार्टमका अलावा अन्य सरसफाईको काम समेत गर्छन जस वापत उनलाई करिव दश हजार तलव दिईन्छ ।

 


बत्ती, पानी र सडक विनाको शवगृह :

हो शवगृह नाममात्रकै देखिन्छ त्यहा । राती कुनै शव परिक्षणको लागि ल्याइए टर्चको वत्ती वालेर शवगृहमा राखिन्छ । यता पोष्टमार्टम गर्ने वेला पानी समेतको आवश्यक्ता पर्ने भएपनि पानीको असुविधा रहेको कर्मचारीहरुको गुनासो छ ।


 सडक भरि फालिएको अस्पतालको फोहोर र निडलहरुले कति वेला समस्या निमत्याउने हो कर्मचारीहरु आफै भयभित हुन्छन । यता कुकुर,गाई वस्तु र अन्य जनावरका साथै सर्प समेतको त्यहा उपस्थिति रहेको वेला ज्यान जोखिममै राखेर शवगृहसम्म पुग्नु पर्ने वाध्यता कर्मचारीहरुको छ ।

 


एसीयुक्त शवगृह हावाकै कुरा :

दुई वर्ष पहिले महोत्तरीमा आन्दोलन चलिरहेको वेला मारिएका ६ सर्वसाधारणको शव सोहि शवगृहमा कुहिएर त्यसमा किरा नै परेर छुन सक्ने समेत अवस्थामा नहुदा तत्कालिन एमालेबाट साँसद रहेका रामदयाल मण्डलले शवगृह एसीयुक्त बनाउने वाचा गरेका थिए ।

 

तर त्यो वाचा हावा मै भयो । हाल दुई वर्ष वित्न लाग्दा समेत उनी अस्पतालमा गरेको वाचा पुरा गर्न फर्केर आएका छैनन ।

 


शवगृह नयाँ नै बनाउनु पर्ने :

डा.झाले शवगृहको उचाई अन्य भवन भन्दा निक्कै तल रहेको र वर्षाको पानी समेत भवन भित्रै पसि शव राख्न समेत गा्रहो हुने गरेको लगायतका त्यहा अनेकौ समस्या रहेकोले नयाँ शवगृह निर्माणनै दिर्घकालिन समाधान रहेको बताए । 

 


उनले शव राख्न डिप फ्रिजर,पोष्टमार्टम टेवल लगायतका अन्य केहि उपकरणहरु र सामग्री समेतको आवश्यक्ता रहेपनि अव अस्पताल स्थानिय तहकै हातमा गएकोले यसवारेमा स्थानिय निकायसंग छलफल समेत गरिरहेको र अस्पतालको स्तरोन्नतीको लागि पहल गरिहरेको बताए तर त्यो शवगृहको वारेमा अझै स्थानिय निकायले चासो नदेखाएको बताए ।

 


यता  मधेश आन्दोलनमा सहिदहरुको शव राख्न समस्या भएको र शव समेत गल्न थालेपछि विभिन्न राजनितिकर्मीहरुले तत्काल शवगृहको अवस्था सुधार गर्ने भनेर प्रतिवद्धता नै गरेपनि हालसम्म कसैले त्यसको पहल नगरेको डा.झाको दुखेसो छ ।

 

शवगृहसंगै अस्पतालको समेत जिर्णोधारको खाचो :

 पंचायती व्यवस्थाको समय अंचल अस्पताल नै रहेको जलेश्वर अस्पताललाई जिल्ला अस्पतालको मान्यता प्राप्त छ ।

 

 ६ लाख भन्दा वढी जनसंख्या भएको महोत्तरीकै सरकारी ठुलो अस्पतालको रुपमा परिचित जलेश्वर अस्पताल रहेपनि यसको अवस्था जिर्ण छ । भवन केहि वर्ष अघिमात्र बनेपनि गत आएको भुकम्पले अस्पतालको भवन चिरा चिरा परिसकेको छ भने फोहोर र खुल्ला गाईवस्तुहरुले अस्पतालको अवस्था आफै बताईरहेपनि अस्पताल व्यवस्थित हुन सकेको छैन ।

 


 जिल्ला अस्पताल भएर पनि जम्मा १५ शैयाको अनुमति पाएको जलेश्वर अस्पताललाई ५१ शैयाको बनाउन विगत केहि वर्ष देखि आवाज उठिरहेपनि अझै अस्पताल ५१ वेडको बन्न सकेको छैन । 

 

विगतमा पटक पटक मन्त्री स्तरिय अनुगमन समेत भैसकेको जलेश्वर अस्पतालको अनुगमनमा केन्द्रिय स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव आईतवार आउने कार्यक्रम रहेकोले स्थानियहरु समेत अव अस्पतालको कायापलट हुने भनेर विश्वासरत छन । उहा महोत्तरीबाटै निर्वाचित भएका हुन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ भदौ ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus