धनुषाको ढल्केवरमा तीन जँगली हात्तीको ताण्डव , त्रासमा स्थानीयवासी

२०७५ जेठ २६ शनिबार
बेलुकी ५:०५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २६ जेठ ।
 धनुषाको ढल्केवरमा तीन जँगली हात्तीले पुनः ताण्डव मच्चाएका छन् ।


धनुषाको मिथिला नगरपालिका वडा नं. ७ पर्ने अर्धशहरी क्षेत्र ढल्केवरमा जँगली हात्तीको ताण्डवले स्थानीयवासी त्रासमय जीवन विताउन बाध्य भएका छन् ।


गत बुधबार राती हात्ती पसेको जानकारी ईलाका प्रहरी कार्यालय ढल्केवरलाई गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेपछि हात्ती पुनः जँगल पसेका थिए । 

 

जँगलबाट पुनः ढल्केवर सहित एकलबेर र केवलीपुरमा ताण्डव मच्चाएपछि स्थानीवासीहरु त्रसित भएका छन् ।

तीनै हात्तीले स्थानीयको घर टहरा भत्काउनुका साथै बालीनालीमा समेत क्षति पुरयाउँदै आएको छ । 

 


हाती रातराती गाउँ पसेर आतंक मच्चाएपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्न समेत छाडेका छन् भने रातैभरि जाग्राम बसी रात काट्न बाध्य भएका छन् ।

गाउँबासीले हाती धपाएर शान्तिसुरक्षा कायम गरिदिन प्रशासनसंग गुहार समेत गरेका छन् ।

 

यता धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीनवटै हातीलाई कसुरी सुरक्षित ठाउँमा पुरर्याएर गाउँबासीलाई समेत सुरक्षित पार्ने विषयमा जिलला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसंग छलफल भइरहेको बताउनुभयो । 

 

अहिलेसम्म कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus