तेस्रो दीपक गुप्ता टी-२० क्रिकेट प्रतियोगिता बैशाख ७ देखि

२०७४ चैत १८ आइतबार
बिहान १०:३१ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम, चैत १८ ।
जनकपुरमा राष्टिूय स्तरको टी- २० क्रिकेट दुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।

 

जनकपुरका क्रिकेट खेलाडी स्वर्गीय दिपक गुप्ताको सम्झनामा धनुषा जिल्ला क्रिकेट संघ धनुषाले अगामी वैशाख ७ गते देखि जनकपुरको बाह्रविघा मैदानमा टी- २० प्रतियोगिता गर्न लागेको आयोजक समितिले जनाएको छ ।

 

क्रिकेट प्रतियोगितामा नेपाल भारत सहित ८ वटा क्रिकेट टीमले खेल्ने भएको आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ११ हजार रुपैयाँ नगद रहेको छ ।

 

त्यसैगरी दोश्रो पुरस्कार १ लाख ७१ रुपैयाँ नगद, उत्कृष्ट खेल्ने खेलाडीलाई प्रतिदिन म्यान आँफ दी म्याच सहित ५ तेश्रो दीपक गुप्ता टी–२० क्रिकेट प्रतियोगिता हुदै हजार नगद र उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ नगदको म्यान आँफ द सीरीज एवं टूफी प्रदान गरिने टुर्नामेन्ट संयोजक सरोज मिश्रले जानकारी दिए ।

 

टुर्नामेन्टमा क्रिकेट टीम जनकपुर, विरगंज क्रिकेट टीम, विराटनगर क्रिकेट एकेडमी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, फोनेक्स क्रिकेट क्लब आशाम भारत र सोनेट क्रिकेट क्लब कानपुर भारत सहित ८ वटा टीमले भाग लिने आयोजनकले जनाएको छ ।

 

प्रतियोगितामा खेलमैदान व्यवस्थापन देखि लिएर अन्य खर्चमा कूल ५० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका संयोजक मिश्रको दाबी छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७४ चैत १८ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus