एक नेपालीलाई स्वदेश फर्कन मिथिला एकता समाजले गरे आर्थिक सहयोग

२०७४ चैत १७ शनिबार
दिउसो ४:०९ बजे

बिनय यादव/न्यूज ब्यूरो, १७ चैत्र । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् ।

 

बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपालीहरुलाई बिपद परेका बेला भौतिक तथा आर्थिक सहयोग गर्दै आएका छन् ।

 

यसैक्रममा समाजले रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत मोरङका सुरेश पासवानलाई स्वदेश फर्कन भौतिक पहल सहित आर्थिक सहयोग गरेका छन् ।

 

पासवानको आर्थिक अवस्था अत्यन्तै कमजोर र आर्थिक अभावकै कारण स्वदेश फर्कनको लागि समेत समस्या भएको थियो । हाल पासवानकी श्रीमती नेपालमा उपचाररत छिन् । उपचारकै निमित्त उनले जोहो गरेको सबै रकम घर पठाइदिएका थिए । अन्त्यमा उनी परिवारिक समस्याका कारण घर फर्कन बाध्य भए । घर फर्कन कम्पनीले टिकट दिन नमानेपछि उनले मिथिला एकता समाजसँग गुहार मागेका थिए । समाजले पासवानलाई स्वदेश फर्कन साउदी अरबको १२०० रियाल सहयोग गरेका हुन् ।

 

मानवता र समाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले आगामी दिनहरूमा पनि अन्य दु:खी, असहाय, पीडितलाई सहयोग गर्न सदैव तत्पर रहने समाजका अभियन्ता बिन्देश्वर यादवले प्रतिबद्धता जाहेर गर्नुभयो ।

 

आर्थिक सहयोग सहित भौतिक सहयोग पाएपछि पासवानले सहयोगको रकम ग्रहण गर्दै दाताहरुलाई धन्यवाद सहित आभार प्रकट गरे ।

 

विपत्तिमा परेका नेपालीहरुलाई सहयोगकै लागि यो संस्था गठन गरिएको समाजका अभियन्ता बिसुन यादवले बताउनुभयो ।

 

समाजले साउदी अरबमा अलपत्र तथा बिचल्लीमा परेका नेपालीको उद्धार गर्नुका साथै नेपालमा पनि विभिन्न किसिमका समस्यामा परेका नेपालीहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus