एयरपोर्ट दुर्घटना अपडेट : अहिलेसम्म २० बढीको लास निकालियो, उद्धार जारी !

सुरक्षा स्रोतले करिब ५० यात्रुको ज्यान गएको जानकारी दिएको छ।

-न्युज ब्युरो, डेस्क

 

 

न्यूज ब्यूरो ||
काठमान्डौँ, २८ फागुन । 

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा भएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

 

विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

 

विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’ अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् ।

 

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

 

सुरक्षा स्रोतले करिब ५० यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ । अन्य यात्रुहरुलाई उद्धार गरिने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

 

#नागरिकटाईमसबाट साभार

प्रतिकृया दिनुहोस

धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर

न्यूज ब्यूरो | जनकपुरधाम, १० जेठ । धनुषामा आज विहानै करेन्ट लागेर एक नवयुवकको अनुहार जलेको छ ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर

मुख्यमन्त्री राउतसँग कबिर जन्मोत्सवमा सार्वजनिक विदाको माग

न्यूज ब्यूरो | जनकपुरधाम, ९ जेठ । सन्त कबीरका अनुयायी साधुशन्तले कबीरको जन्मदिवसमा प्रदेशमा सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री

धनुषामा मोटरसाईकलको ठक्करले एक बालिका गम्भिर

विनय कुमार यादव | जनकपुरधाम, ९ जेठ । धनुषामा मोटरसाईकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाईते भएकी छन् ।   धनुषाको सबैला नगरपालिका वडा नं. ५ मखनाहाको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक