कान्छो मेयर बरबरियाले शहिदको स्मरणमा 'प्रादेशिक स्टेडियम' बनाउँदै

आज दिउँसो १ बजेदेखि यदुकूहाको जनता एकाई माविको प्रांगनमा खुल्ला रुपमा नगरसभा गरि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

२०७६ असार १९ बिहीबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको तेस्रो नगरसभाबाट शहिदको स्मरणमा प्रादेशिक स्टेडियम निर्माणको लक्ष्य सुनाएका छन् ।

 

आज (विहिबार) हुन लागेको शहिदनगरको तेस्रो नगरसभाबाट जनआन्दोलनका शहिद सूर्यनाथ रान (यादव) को स्मरणमा प्रादेशि स्टेडियम निर्माण गर्ने योजना ल्याएका छन् । उक्त स्टेडियमको लागि नगरपालिकाबाट ८० लाख बजेट विनियोजन गरिएको छ भने थप प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा निर्माण गर्ने योजना ल्याएको मेयर उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए । 


उनका अनुसार शहिद यादवको स्मरणमा शहिदनगर नगरपालिका वडा नं. ५ पचहर्वामा सो स्टेडियम निर्माण गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनीकीकरणबाट ४३ करोड १२ लाख ६४ हजारको बजेट ल्याउन लागेको जानकारी उनले दिए । उनका अनुसार, यस बजेटमा साँसदहरुको बजेट जोडिएको छैन तथा त्यसपछि करिब ६० करोडको बजेट विनियोजन हुनेछ । 

 

आर्थिक वर्ष २०७६/७७ को लागि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकतामा राखिएको छ । जसमध्ये सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरिने जानकारी दिए । यसका साथै, शहिद कामेश्वर कुशेश्वरको स्मरणमा यदूकूहामा कामेश्वर कुशेश्वर बसपार्क निर्माण गर्ने योजना अघि सारेका छन् ।


सिँचाईको लागि विभिन्न नदीको ठाउँ ठाउँमा फाटक, कमलाबाट सिँचाईको लागि भिन्नै योजना पनि ल्याएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले आगामी आर्थिक वर्षको लागि विभिन्न अभियानहरुमा समेत लगानी गर्ने भएको छ । जसमध्ये फोहोर मैला व्यवस्थापन, फोहोरलाई मोहर बनाउने कार्यक्रम सहित नगर सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय यदूकूहा तथा सशस्त्र प्रहरी बल यदूकूहालाई १-१ थान मोटरसाईकल गस्तीको लागि उपलब्ध गराउने योजना राखिएको जनाए । 

 

आज दिउँसो १ बजेदेखि यदुकूहाको जनता एकाई माविको प्रांगनमा खुल्ला रुपमा नगरसभा गरि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ असार १९ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus