पानीमा डुब्दै जलेश्वर जेलका कैदी !

जलेश्वर कारागारमा हाल ४ सय १९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४ सय ६३ जना कैदीबन्दी कारागारमा रहेको छ।

२०७६ असार १४ शनिबार
बिहान ०९:१० बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जलेश्वर । बर्षाका कारण प्रत्येक वर्ष डुबानमा पर्दै आएको महोत्तरीको जलेश्वर जेलमा यसपाली पनि कैदीहरुको विजोग भएको छ । 


शुक्रबार विहानैदेखि परेको मुसलेधार बर्षाका कारण जलेश्वर जेल डुवानमा परेको हो ।  बिहान ५ बजेदेखि करिब ६ः३० बजेसम्म भीषण रुपमा परेका मुसलधारे पानीको कारण महोत्तरी ,धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेका छन।

 

 वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले जानकारी दिए ।

 

१ सय ६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साह बताउँछन् ।


यता जेलर साहको अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएका छन । जलेश्वर कारागारमा हाल ४ सय १९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४ सय ६३ जना कैदीबन्दी कारागारमा रहेको छ।

 

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ । वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा परेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो समेत गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७६ असार १४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus