हरेक मोडमा आफ्नो परिवारलाई याद गरी सवारी चलाउनुपर्छ : मेयर बरबरिया 

चारचक्के सवारी चलाएर सीपमूलक तालिम अन्तर्गत ड्राईभिंग प्रशिक्षणको विधिवत हरियो झण्डी देखाएका हुन् ।

२०७६ जेठ १४ मंगलबार
बिहान ०८:४८ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधााम । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले हरेक मोडमा परिवारलाई याद गरी सवारी साधन गुडाउदाँ दुर्घटनाको सम्भावना कम हुने बताएका छन् ।

 

शहिदनगर नगरपालिकाको आर्थिक सहयोग तथा एचआईटी नामक समाजिक सँस्थाको समन्वयमा मँगलबारदेखि सुरु भएको चारचक्के हेभी ड्राभिंग तालिम अन्तर्गत तालिमलाई उद्घाटन गर्दै मेयर बरबरियाले वर्तमान अवस्थामा मादक पदार्थ सेवन तथा तीव्र गतिको कारण ज्यानै जाने गरेकोले सँयम भएर सवारी चलाउन आग्रह गरे । 

 

ड्राईभिंत तालिममा सहभागी भएका नगरपालिकाका युवाहरुलाई सन्देश दिँदै उनले सवारी चलाउँदा हरेक मोडमा आफ्नो परिवारलाई स्मरण गरी सवारी चलाउन आग्रह गर्दै दुर्घटनाबाट आफू पनि बाँचौ र अरुलाई पनि बचाउनु असल चालकको कर्तव्य रहेको उल्लेख गरे । 


उनले भने, - "सवारी अहिलेको लागि अति आवश्यक आवश्यकतामा पर्दछ , हाम्रा नगरका युवाहरुले यसप्रति चासो लिनु पनि मेरो लागी साकारात्मक कुरा हो । तर, चारचक्के सवारी चालक प्रशिक्षणपछि तपाईहरुले देखाउने व्यवहार सँयम हुनुपर्छ । उमेरको तरँगमा सवारी चलाउँदा जोखिमका साथै अप्रिय दुर्घटना घटेको कसैबाट लुकेको छैन । सवारी चालक प्रशिक्षणपछि सवारी चलाउँदा घर परिवारलाई सम्झेर चलाउनु र एउटा असल चालकको परिचय दिनुपर्छ ।" 

 

एचआईटीका अध्यक्ष धीरेन्द्र यादवको अध्यक्षता एवम् मेयर बरबरियाको प्रमुख आतिथ्यमा मँगलबार विहान उदघाटन गरिएको हो । सो क्रममा मेयर बरबरिया र सशस्त्र प्रहरी बेश क्याम्पस यदुकूहाका प्रहरी नीरिक्षक किश्मान तामाँगले सँयुक्त रुपमा चारचक्के सवारी चलाएर सीपमूलक तालिम अन्तर्गत ड्राईभिंग प्रशिक्षणको विधिवत हरियो झण्डी देखाएका हुन् ।


सो क्रममा शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक भीम बहादुर खडका लगायत परिक्षार्थीहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ जेठ १४ मंगलबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus