परिक्रमाको धार्मिक लस्कार आज महोत्तरीको मटिहानीमा 

परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन ।

२०७५ फाल्गुण २५ शनिबार
बिहान १०:२२ बजे
न्यूज ब्यूरो


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने माध्यमिकी परिक्रमा चौथो दिन महोत्तरीको मटिहानीमा विश्राम लिएका छन् । 

 

१५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला बिहारीको मठबाट उठेको मिथिलाबिहारीको डोला जनकपुरको हनुमानगढी विश्राम पश्चात आज दोस्रो दिन भारतको कलनामा विश्राम लिएका हुन् ।

 

बाजागाजाका साथ हजारौका सँख्यामा रहेका साधुसन्तहरु तथा श्रद्धालुहरुको धार्मिक लस्कर १ सय ५ किलोमिटरको यात्रा पैदल तय गर्नेछन् । परापूर्वकालदेखि चलिआएको यो धार्मिक लस्करको लागि सुरक्षा व्यवस्था समेत कडा मिलाइएको हुन्छ । 

 

हरेक वर्ष फाल्गुण कृष्णपक्षको अमावश्यादेखि शुरु भई फाल्गुण पूर्णिमा सम्म पञ्चकोशी परिक्रमा मनाईन्छ । परिक्रमा जनकपुरबाट शुरु भई जनकपुरमै गई ईतीश्री गर्ने गरिन्छ ।  जनकपुरको हनुमानगढीबाट शुरु भएको परिक्रमा भारतको कलना हुँदै गिरिजास्थान फुलहर भएर आज महोत्तरीको मटिहानी पुगेको हो । 


मटिहानीमा सीताजीको मटकोरको लागी माटो खनिएको विश्वास गरिन्छ । जहाँ प्रसिद्ध लक्ष्मी सागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ । मधेशको राजधानी जनकपुरलाई केन्द्रविन्दू मानी नेपाल र भारतको १५ विश्राम स्थलमा बसोबास गरी फाल्गुण पूर्णिमा दिन जनकपुरमा अन्तगृही परिक्रमा गरी यस पर्वको समापन गर्ने गरिन्छ । १५ विश्रामस्थल जनकपुरबाट पाँच पाँच कोशको दुरीमा रहेको कारण यसलाई पञ्चकोशी परिक्रमा भनिएको हो । 

 

परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाई पछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणा लगायतका ठाउँहरुमा परिक्रमाबासीहरु बसोबास गर्छन । परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७५ फाल्गुण २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus