सिरहा : अक्षरा सिँह र ज्योती मगरको जलवाको लागि तयारी तीव्र 

बाटिका टुरिजमको प्रांगणमा २० लाख भन्दा बढीको लगानीमा लहान सांस्कृतिक कार्यक्रम  को आयोजना गर्न लागेको

२०७५ माघ १६ बुधबार
रति ८:०५ बजे
विनय यादव


सिरहा, १६ माघ ।   आउँदो माघ २६ गते सिरहाको लहानमा आयोजन गर्न लागिएको "लहान सँस्कृतिक कार्यक्रम" को तयारी तीव्र पारिएको छ । 

 

भोजपुरी सिने जगतकी नायिका अक्षरा सिँह र नेपाली मोडेल ज्योती मगर लगायत अन्य स्थानीय कलाकारहरुको सँगको कार्यक्रम लहान साँस्कृतिक कार्यक्रमको लागि तयारी  तिब्र गतिमा भइरहेको आयोजक एस.राज प्रोडक्सनसका अध्यक्ष सन्तोष राजले जानकारी दिएका छन्। 


भोजपुरी सुपर स्टार नायिका अक्षरा सिंह र नेपालकी चर्चित गायिका तथा मोडल ज्योति मगर लगायत थुप्रै कलाकारहरुको सहभागिता रहने लहान सांस्कृतिक कार्यक्रमको  ब्यानर ,पोस्टर, हुडिंगबोर्ड,प्रवेश द्वार लगायत स्थानीय रेडियो तथा रोड शो सहितका प्रचार (प्रसारलाई तिब्रता दिदै स्टेज निर्माणको कार्य शुरु गरिसकेको छ।
 

एस राज प्रोडक्सनस प्रालिले आयोजना गर्न लागेको "लहान सांस्कृतिक कार्यक्रम" मा भोजपुरी नायिका अक्षरा सिंह ,गायिका तथा मोडल ज्योति मगर,नेपालि भोजपुरी गायिका सेलिना कुँवर,संगीतकार तथा गायक सन्तोष राज, कलाकार भरत साह,विजय यादव निर्विज, मोडल तथा डान्सर मुस्कान सिंह,अमिता छन्टेल लगायत कार्यक्रम संचालक निर्मल कुमार र संचालिका ललिता दास सहित स्थानीय कलाकारहरु,दिनेश ठाकुर,सवान कुमार,सरोज सन्त,वीर युवा क्लव लगायतको सहभागितामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जानकारी गराएका छन।

 

 विगत लामो समय देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सेलेबेट्रीहरुको सहभागितामा सांस्कृतिक तथा मोनोरंजनात्मक कार्यक्रम गर्दै आएका एस राज प्रोडक्सनस प्रालि जनकपुर होलि हङ्गामा, गरुडा सांस्कृतिक कार्यक्रम,भोजपुरी नेपालि स्टार नाईट विरगंज,त्रिपल धमाका दोहा कतार लगायत दर्जनौ ठाउमा सफलतापुर्वक कार्यकमको आयोजना गर्दै लहानमा पहिलो पटक माघ २६ गते शनिबारका दिन दिउसो २ बजेदेखि लहानमा अवस्थित बाटिका टुरिजमको प्रांगणमा २० लाख भन्दा बढीको लगानीमा लहान सांस्कृतिक कार्यक्रम  को आयोजना गर्न लागेको आयोजकले जनाएको छ।


जस अन्तर्गत कार्यक्रमको सहयोगीहरुमा टाइटल स्पाउन्सर नेपाल टेलिकम ,पावर वाई टुवर्ग वियर, स्पोन्सर वाईवाई तयारि चाउचाउ ,प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड , हस्पिलिटि पार्टनर बाटिका टुरिजम, रेडियो पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लगायत विभिन्न सहयोगी संघ संस्थानहरु रहेका छन। कार्यक्रममा नेपाल टेलिकम अन्तर्गत एनटिसी प्रिपेडको सिम प्रतेक टिकटमा निस्शुल्क वितरण गरिने छ। 


टिकट दर भिआइपीको १ हजार र समनायको ३५० रहेको आयोजकले जनाएका छन। सिम प्राप्त गर्नका लागि नागरिकताको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७५ माघ १६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus