मधेशको राजधानी जनकपुरमै  ATM को अभावले पर्यटकहरुलाई सास्ती !

पर्यटकहरुले चाहेको बेला रकम झिक्न नसक्नुमा दुःख व्यक्त

२०७५ पौष २४ मंगलबार
बेलुकी ६:४५ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, २४ पुस । धार्मिक एवम् पर्यटकीय स्थल जनकपुरधाम भनेपनि प्रदेशको राजधानीमै एटिएम (ATM) मेसिनको अभावमा पर्यटकहरु मारमा परेको देखिएको छ ।

 

अभियानीहरुले पर्यटकहरुलाई जनकपुरधाम तान्न प्रयास गरिरहेको बेला प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरमा पर्याप्त एटिएम मेसिन नभएको कारण पर्यटकहरुलाई सास्ती भोग्नुपरिरहेको युवा अगुवा किसन साह बताउँछन् । जनकपुरधाम धार्मिक एवम् पर्यटकीय हिसाबले विकासको गतिमा रहेपनि देश बाहिरबाट आउने पर्यटकहरुले होटेल, रेस्टुरेन्ट सहित अन्य प्रयोजनको लागि आवश्यकता परेको बेला ठाउँमा एटिएम मेसिन उपलब्ध नहुँदा खिन्नता प्रकट गर्दै गरेको औल्याए । 

 

उनले भने, प्रदेशको अस्थायी राजधानीको रुपमा विकासको गतिमा छ जनकपुरधाम । एडीबीको परियोजनाले झन जनकपुरधामलाई सौन्दर्यीकरण गर्न थालेपछि पर्यटकहरु लोभाएकै हुन् । त्यसउपर पनि ठुलठुला नेतृत्वहरुको आगमनको कारण पनि भारतीय पर्यटकको सँख्या बढेर गएको छ भन्नेमा नकार्न सकिदैन , तर मैले प्रत्यक्ष देखेको छु, एटिएमको अभावमा उनीहरुले जनकपुरप्रतिको सोंच बेग्लै बनाएको हुन्छ । 

 

जनकपुरमा एक दर्जन बढी बैँक भएपनि बैँकमा मात्र एटिएम भएको कारण पर्यटकहरुले चाहेको बेला रकम झिक्न नसक्नुमा दुःख व्यक्त गरे । 

यसका साथै, क्लीन एण्ड ग्रीन जनकपुर, गँगासागर सरसफाई अभियानी तथा समाजसेवी सुरेश शर्माले जनकपुरधाम जस्तो क्षेत्रमा एटिएमको दुर्दसाका कारण पर्यटकको अवरोध भएको दाबी गरे । न्यूज ब्यूरोसँग कुराकानी गर्दै समाजसेवी शर्माले भने, -'जनकपुरधाम पर्यटकीय धार्मिक स्थलको रुपमा विख्यात भईसकेको अवस्था छ । यस्तोमा एटिएमको अभाव पर्यटकहरुलाई दुःख दिएको छ र कत्तै न कत्तै जनकपुरको व्यापार, व्यापारी र आर्थिकतन्त्रमा समेत प्रतिकूल प्रभाव पारेको भन्न सकिन्छ ।" 

 

नेपाल भारतको खुल्ला सीमा भएपनि केही चानचुने रकम बोकेर जनकपुर आउने पर्यटकहरु अधिकांश बढी कारोबारको लागि ब्यागमा रकम नै बोकेर ल्याउने पनि छैन, उने भने, -नेपाल सरकारले भारतीय नोट २ सय ५ सय जस्ता नोटहरुमा प्रतिबन्ध लगाएपछि भारतीय पर्यटकहरुलाई खाना सम्म खान नसक्ने अवस्था औल्याए । 

 

भारतबाट आउने पर्यटकहरुलाई नेपालमा भारतीय नोटहरु प्रतिबन्ध भएको जानकारी नभएको कारण पनि उनीहरुलाई सास्ती भोग्नुपरेको आफू प्रत्यक्षदर्शी रहेको बताए । उनले भने, - "एक होटेलमा केही भारतीय पर्यटकहरु खान खान बसे,, केहीले खाए र केही खानाको लागि प्रतिक्षामा थिए । जब खाएर केही पर्यटकले पैसा तिर्न गए त्यतिबेला होटेल मालिकले प्रतिबन्धित नोट लिन मानेन । कैयौँ पर्यटकले भोकै बस्नुपर्ने अवस्था पनि देखियो । यस्तो अवस्थामा जनकपुरमा पर्यटक अवरोध भईरहेको भन्न सकिन्छ ।" 

 

भारतीय पर्यटकहरु जनकपुर आएपछि होटेल आवास भन्दा पनि धर्मशालामा बस्न रुचाउँने भएकोले धर्मशालाको जीर्णोद्धार, स्थापना सहित त्यस ठाउँहरुमा एटिएम मेसिनको व्यवस्था बैँकहरुले गर्नुपर्र्ने बताएका छन् । जनकपुरधामको मुख्य आकर्षण जानकी मन्दिरमा समेत बैँकहरुले आ आफ्नो एटिएम राख्न सके पर्यटकलाई सहज हुने बताए । 

 

गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, जनकपुर अञ्चल अस्पताल, जानकी मन्दिर, शिवचोक, रामानन्दचोक, जिरोमाईल,, मुजेलिया, सँकटमोचन मन्दिर नजिक एटिएमको आवश्यकता देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ पौष २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus