दसैँको बेला हतियार सहित ६ प्रहरीको गिरफ्तमा 

२०७५ असोज २७ शनिबार
दिउसो ३:२४ बजे
संजय सहनी, रौतहट
Photo Credit : google


न्यूज ब्यूरो,  रौतहट । रौतहटमा प्रहरीले हतियार सहित चार भारतीय र दुई नेपाली नागरिक गरी ६ जनालाई पक्राउ गरेको छ । 

 


विहीवार राती चाड पर्वको मध्य नजर गर्दै खटाइएको सुरक्षा गस्ति टोलीले भारतीय सिमावर्ति क्षेत्रबाट मेन ईन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक म्यागजिन सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपि महेन्द्र प्रसाद मरासनीले पत्रकार सम्मेलन मार्फत शुक्रवार जानकारी दिएका छन् । 


जिल्ला प्रहरी कार्यालय रौतहटबाट तथा मातहत प्रहरी चौकी नरकटिया मोतीपुर समेतबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका ८, मोतिपुरको नजिक दश गाँजा क्षेत्रमा लागु औषध सेवन गरीरहेको अवस्थामा पक्राउ गरेको मरासनीको भनाई रहेको छ । राती १ बजेको करिबमा गस्ती गरी जाँदै गरेको अवस्थामा शंकास्पद अवस्थामा फेला परेको ६ जना व्यक्तिहरु र निजहरुले प्रयोग गरि आएको मोटरसाइकल ३ थानको चेकजाँच तथा खानतलासी गर्दा म्यागजीन सहितको सो हतियार बरामद भएको हो । 

 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारको गोकुल ग्राम पंचायतका २२ वर्षिय कमल साह, घोडासहान श्रीपुरका ३२ वर्षिय राकेश पासवान, २८ वर्षिय संदिप पासवान र २६ वर्षिय अबधेश चौरसिया तथा नेपालको धनुषा जिल्लाको फुलबरीया गाउँपालिका १ का ३१ वर्षिय रोहित साह र काभ्रेपलान्चोक जिल्ला टिमालका २५ वर्षिय मनोज तामांग रहेको रहेको छ ।


 
उनीहरुले ठुलै घटना घटाउने, लुटपाट गर्ने उद्देश्यका साथ छलफल गरीरहेको प्रहरीको भनाइ रहेको छ । पक्राउ परेको सबैलाई हिरसतमा लिई आवश्यक अनुश्नधान भइरहेको मरासनीले जानकारी दिनुभएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ असोज २७ शनिबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus