खोला किनारमा भेटियो २० बोरा नक्कली पोटास, एक पक्राउ - समाचार प्रभाव
नासो सम्बन्धीे करार अन्तर्गतको मुद्दा साह उपर चलाइएको

२०७५ कार्तिक १ बिहीबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको पर्वता र देवकोटोलबीचमा पर्ने जगधर खोलामा फालिएको अवस्थामा करिब २० बोरा पोटास (मल) फेला परेको छ ।
गत असोज २९ गते धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरको एक पसलबाट भारी मात्रामा बालुवा र नुुन मिसाबट सहितको नक्कली पोटास मल फेला परेको घटना लगत्तै विहानपल्ट उक्त मिसाबटी पोटास खोला किनारमा फेला परेको हो ।
बुधबार विहान स्थानिय जगरनाथ महतोले आफ्नो खेतमा ट्राक्टरले खेत जोत्दै गर्दा उक्त मात्राको नक्कली पोटास देखेपछि सँचारकर्मीहरुलाई जानकारी गराएको थियो ।
अशोक जेनरल स्टोर्सबाट गत असोज २९ गते मात्र भारी मात्रामा नक्कली पोटास मल फेला परेपछि स्थानीयहरुले हातपात गर्दै जरिबाना समेत गरिएको समाचार बाहिरिएपछि रातारात फालिएको बुझिएको छ ।
किसानपुरचौक देखि करिब ५ किलो मिटरको दुरिमा रहेको उक्त खोला किनारमा नक्कली पोटास फेला परेको हो । यसैबीच, न्यूज ब्यूरोमा मिसाबट र जरिबाना सम्बन्धी समाचार प्रकाशित भएपछि पसले सँचालक सँतोष साहलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २९ गते न्यूज ब्यूरोमा मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार जरिवाना, ४८ लाखको तमसुक शिर्षकको समाचार प्रकाशित भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरले पसले सँचालक साहलाई नियन्त्रणमा लिएको हो । साह उपर परिच्छेद ५ अन्तर्गतको मुद्दा चलाइएको हो ।
नासो सम्बन्धीे करार अन्तर्गतको मुद्दा साह उपर चलाइएको ईलाका प्रहरी कार्यालय ढल्केबरका ईन्चार्ज सरोज रायले जनाए ।
पहिलो समाचार पढनुहोस् ।
मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार जरिवाना, ४८ लाखको तमसुक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…