मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार जरिवाना, ४८ लाखको तमसुक
स्थानीय शिवशंकर साह र ज्ञान यादवको नाममा २४/२४ लाख रुपैयाँको तमसुक बनाइएको ।

२०७५ असोज २९ सोमबार, बेलुकी ६:४७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक व्यापारीले मल खाद्यमा मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरमा अशोक जेनेरल स्टोरका सँचालक २८ बर्षिय सँतोष साहलाई स्थानीयहरुले १२ लाख ५१ हजार जरिवाना गरेको तथ्य सार्वजनिक भएको छ ।
सोमबार विहान करिब ९ बजे स्थानीय एक किसानले सँतोष सँचालन गर्दैै आएका अशोक जेनेरल स्टोरबाट पोटास खरिद गरेका थिए । उनले जाईम १० किलो , जिँक १ किलो , डिएपी मटिया १० किलो, पोटास ३ किलो खरिद गरेको थियो । घर लगेर खोलेपछि उनलाई मलमा मिसाबटको शंका लागेको आधारमा स्थानीय छिमेकी श्रवण साहलाई जानकारी गराएको थियो ।

यता, श्रवणले समेत मलमा मिसाबट हेरेपछि उनले समेत सँतोषको पसलबाट ४३ किलो पोटास नामक मल खरिद गरेका थिए । मल खरिद गरेर चेकजाँच गरेपछि बालुवा र नुन भेटाएको खुल्यो । स्टीलको भाडोमा प्वाल पारी मल राखेर पानी हालेको थियो । पोटास पानीमा गल्ने भएपनि बालुवा भएको कारण सबै बालुको मात्रा एक तर्फ भएपछि पसल सँचालक सँतोषलाई स्थानीयहरुले हातपात समेत गरेको थियो ।
हातपातबाट पनि सन्तुष्ट नभएका स्थानीय गाउँलेहरुले उनलाई पञ्चायत बोलाएर बल जबरदस्ती १२ लाख ५१ हजार रुपैयाँको जरिवाना तोकिएको पसल सँचालक साहले दाबी गरे । धनुषाधाम नगरपालिका वडा नं. ५ उत्तरबाली टोल नौसय विघा घर भई विगत देखि नै किसानपुरमा व्यापार गर्दै आएको सँतोषलाई गाउँलेहरुले १२ लाख ५१ हजारको जरिवाना तोक्दै ४८ लाखको कागज बनाएको साहले फोन मार्फत जानकारी दिए ।
उनले , "मात्र ३/४ दिनदेखि मिसाबट गरेको छु , एक क्वीन्टलको बोरामा ३० किलो बालुवा, ४० किलो नुन, अल्मुनियम सल्फेट १० किलो, १ किलो किनमिक केमिकल मिसाबट गरेर पोटास बेचेको थिए । तर केही जनाले मात्र केही किलो लिएका थिए ।" सोधपुछको क्रममा बताए । (यसको भिडियो दस्ताबेज सुरक्षित छ ।)


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…