क्वारेन्टाइनमा रहेका गरिव परिवारलाई 'मिथिला वाइल्ड लाईफ ट्रस्ट' को राहत 

असहायहरुलाई लकडाउनको अवधीमा घरमै पुगेर राहत वितरण गर्दै आएको छ । 

२०७७ असार ७ आइतबार
बेलुकी ७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक क्षेत्रमा सक्रिय भएको समाजिक सँस्था मिथिला वाईल्ड लाईफ ट्रस्टले क्वारेन्टाइनमा रहेका गरिब परिवारहरुलाई राहत वितरण गर्ने भएको छ । 

 

भारतबाट आएकाहरुले क्वारेन्टाइनमै ३ हप्ता बढी बस्ने भएपछि ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले उनीहरुको परिवारलाई तत्कालै राहत उपलब्ध गराउने भएको छ । 


सँस्थाका अध्यक्ष मण्डलले धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको लागि इम्यूनिटी बुस्टर (रोग प्रतिरोधात्मक क्षमता बढाउने) समाग्रीहरु प्रदान गरेका छन् । 


दुवै नगरपालिकाका नगर प्रमुख सँगको समन्वयमा अध्यक्ष मण्डलले च्यवनप्राश र फलफूल सहित स्वास्थ्य समाग्री समेत प्रदान गरेका हुन् । 


क्वारेन्टाइनको लागि रुम सेनिटाईजर, थर्मल गन, पिपिई, सर्जिकल मास्क, एन–९५ मास्क, ग्लोबस समेत प्रदान गरेको छ । जसमा २० थान पिपिई, १००० थान सर्जिकल मास्क,  १०० थान एन–९५ मास्क,  १० लिटर सेनिटाईजर, २ वटा थर्मल गन र १००० पिस ग्लोब्स प्रदान गरिएको हो । 


यसअघि पनि निरन्तर रुपमा मिथिला वाइल्ड लाईफ ट्रस्टले गरिब, असहायहरुलाई लकडाउनको अवधीमा घरमै पुगेर राहत वितरण गर्दै आएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यी १६ बर्षिय बालिकालाई गाउँपालिका अध्यक्ष बनाइदै 

  • २०७७ असार ७ आइतबार

न्यूज ब्यूरो, विराटनगर ।  प्रदेश नम्बर १ को मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ।  उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ

पूरा पढ्नुहोस्

Bureau Menus