स्कूलका बालबालिकाको समान्य झगडालाई अतिरञ्जित गरियोः प्र.अ मण्डल

२०८१ चैत ११ मंगलबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलका प्रधानाध्यापक पवन मण्डलले बालबालिकाहरुको समान्य घटनालाई केही व्यक्तिले समाजिक सँजालमा अतिरञ्जित गरिएको बताएका छन् । 

गत चैत्त ८ गते गिद्धा स्कूलका एक बालकले अर्का बालकमाथि डब्बल धारको कम्पास प्रहार गरेको बताउँदै मिडियाहरुमा छुरा प्रहार भनेर भ्रामक सूचना प्रवाह भएकोप्रति खेद प्रकट गरे । 

न्यूज ब्यूरोसँगको कुराकानीमा प्रधानाध्यापक मण्डलले कक्षा ५ मा पढने बालकले अर्का बालकलाई मजाक मजाकमा कम्पास चलाउँदा घाईते भएको स्वीकार गर्दै यसलाई समाजिक सँजालमा अतिरञ्जित गरिएकोप्रति दुःख व्यक्त गरे । उनले विद्यालयको हित नचाहने केही तत्वहरुले समाजिक सँजालमा भ्रामक सूचना प्रवाह गरेको बताए । 

प्रहरी कार्यालय तिनकोरियाले समेत बालकमाथि छुरा प्रहार नभएको बताएका छन् । प्रहरी चौकी प्रमुखले विद्यार्थीले कम्पास प्रहार गरेको बताए । उनले कम्पास प्रहार गरेका बालकको साथबाट कम्पास बरामद भएको बताए । 

यता, घाईते विद्यार्थीका अभिभावकले भने कुरकुरेमा दिइने सानो चक्कुले प्रहार गरेको दाबी गरिरहेका छन् । 

  • 0%
  • 0%
  • 33%
  • 67%
  • 0%
  • 0%

सुनको लोभ देखाएर आफ्नै साथीको हथौडा प्रहार गरी हत्या, परिवारसँगै खोज्न निस्केपछि पक्राउ 

  • २०८१ चैत ११ मंगलबार

न्यूज ब्यूरो, झापा ।  झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १०, माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण अहिले पनि गाउँमा त्रास, शोक र अविश्वासको माहौल छ। दुई जना अभियुक्त पक्राउ

पूरा पढ्नुहोस्

Bureau Menus