न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीका एक कर्मचारीले बिजनेस व्यापार गर्ने व्यापारीहरुलाई दुःख दिएको आरोप लगाइएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १ स्थित रहेको वडा प्रहरी कार्यालयका सह–ईन्चार्ज असई दिलिप कुमार कापरीले व्यापारीलाई दुःख दिँदै एक हजार रुपैयाँ लिएको आरोप लगाइएको छ ।
असई कापरीले सिरहा नगरपालिका वडा नम्बर १७ स्थित माड़र बजारका किराना व्यवसायी श्रवण साहलाई अनाहकमा दुःख दिँदै एक हजार रुपैयाँ लिएको आरोप लगाएका छन् । कापरीले गत विहिबार बेलुकी भ्याट बिल,अनलाइन बिल समेत भएको लसुन ल्याउँदै गर्दा कैयौँ घण्टासम्म रोकेको आरोप लगाएका छन् । व्यापारी साहले भ्याट बिल, अनलाइन बिल सबै बुझाएको कागजात देखाएपनि अनाहक दुःख दिएको आरोप लगाएका छन्।
साहका अनुसार उनले गोलबजार नगरपालिका स्थित महतो इन्टरप्राइजेजबाट ३६० किलो लसुन (१२ बोरा) खरिद गरी सार्वजनिक सिटी रिक्सा मार्फत आफ्नो पसल पुर्याउँदै थिए। उक्त सामान अनलाइन भ्याट बिलसहितको प्रमाण भएका बावजुद, वडा प्रहरी कार्यालयका सह-इन्चार्ज कापरीले सोही दिन बुधबार बेलुका करीब ४ बजे सामानसहित उनलाई नियन्त्रणमा लिई अनावश्यक हैरानी दिएको गुनासो साहले गरेका छन्।
पाँच घण्टा नियन्त्रणमा, रकम असुलीको आरोप
व्यापारी साहका अनुसार उनलाई नियन्त्रणमा राखेर प्रहरी कार्यालयमा करिब पाँच घण्टासम्म हैरानी दिइयो। “सबै कागजात प्रमाणित हुँदाहुँदै पनि मलाई राति ९ बजेसम्म नियन्त्रणमा राखियो। पछि १ हजार रुपैयाँ लिएर कागजातहरूसहित मलाई छाडियो,” साहले भने। उनले असई कापरीमाथि पैसाको बार्गेनिङ गर्ने नियत देखिएको आरोप लगाए।
साहले आफूलाई हैरानी दिनुका पछाडि कस्तो उद्देश्य थियो भन्ने स्पष्ट थियो तर नेपालमै खरिद गरेको सामान र सबै प्रमाणित बिल हुँदाहुँदै यस्तो व्यवहार गर्नु कानूनी र नैतिक दुवै हिसाबले गलत भएको बताए।
यस विषयमा वडा प्रहरी कार्यालय सिरहाका सह–इन्चार्ज दिलीप कुमार कापरीले भने व्यापारीमाथि अन्याय भएको दाबी अस्वीकार गरेका छन्। कापरीका अनुसार वडा प्रहरीको क्षेत्रमा विवाद भएपछि उनलाई घटनास्थलमा ढिलाइ भएकाले व्यापारीलाई ढिलो छोडिएको मात्र हो। “पैसा असुलीको आरोप पूर्णतः झूठ हो,” कापरीले भने।
व्यापारी श्रवण साहले आफूले भोगेको घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। “यस्तो व्यवहारले व्यवसायीक वातावरणमाथि नै असर पुर्याउँछ। सबै प्रमाण हुँदाहुँदै हैरानी दिने अधिकार कसैलाई छैन,” साहले भने।
सिरहाका व्यवसायीहरूले पनि यस्ता घटना रोक्न प्रहरी प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउन आग्रह गरेका गरे ।
जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान
- २०८१ मङ्सिर १५ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका
पूरा पढ्नुहोस्