न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अवैध तस्करी गराउने जटही नाकाबाट खुलेआम तस्करी भइरहेको छ ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट जटही भित्र्याई देशका विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।
तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने धनुषाको ठुलो नाका जटही क्षेत्रमा भण्डारण गरी रातीको समयमा ठूलो सवारी साधनबाट देश भरी पठाउने र स्थानीय टेम्पुको प्रयोग गरी २४ घण्टा समान तस्करी हुँदै आएको बताइएको छ । स्थानीय सुरक्षा निकायको पूर्ण मिलोमतोमा हुँदै आएको सो तस्करी बापत त्यहाँ स्थापित नेपाल प्रहरीका सइ सुरेन्द्र खेरबार मोटो रकम बुझ्ने गरेको बताए ।
'इलाका प्रहरी कार्यलय जटहीका बरिस्ठ सइ सुरेन्द्र खेरबार पावर र पहुचको भरमा ९ महिनादेखि बस्दै आएका हुन जबकी नेपाल प्रहरीको प्राबधानमा ६ महिनामात्र बस्ने नियम रहेको हो । यतिमात्र हैन'-उनले भने
भारतबाट आयात हुने एसबेष्डस, तेल गुट्खालगायत कतिपय घरायसी सरसामान प्रतिबन्ध भए पनि हाल यिनै सरसामान बढी तस्करी हुने गरेको छ ।
उहाँ आएलगत्तै नाकामा तस्करी गराउने माहिर बनेको बुझिन्छ । ब्यापारी टेम्पुको प्रयोग गरी मालसामान गन्तव्यसम्म पुर्याउने गरेका छन् । भारतीय बजार भन्दा झन्डै ४० प्रतिशत मैदाको मूल्य नेपाली बजारमा उच्च रहेका कारण केही महिना यता देखी धनुषाको जटही नाकासहित अन्य नाकाहरूबाट मैदाको आयत अवैध रुपमा फस्टाएको हो ।
तस्करी नियन्त्रणका लागि सरकारले सक्रिय बनाएका विभिन्न निकाय नै तस्करसँग मिलोमतो गर्दा धनुषाको जटहीसँगै अन्यु नाकाहरूबाट करोडौंको अवैध मालसामान जनकपुर हुँदै देशका विभिन्न क्षेत्रमा पुर्याउने कार्य तीब्र बनेको छ ।
धनुषाको जटही नाका क्षेत्रमा अपराध नियन्त्रण तथा सीमा सुरक्षाका निगरानी लागि खटिएका नेपाल प्रहरीको ठूलो दस्ताका पदाधिकारीहरू र तस्कर बीचको सेटिङमै हुँदै आएको तस्करीले दैनिक चुहावट गरिँदै आएको छ ।
तस्करहरूको समूहले जटही नाकाबाट खुलेयाम रुपमा दैनिक रुपमा २ सय देखी ३ सय बोरा सम्म चिनी र मैदा पनि सोही परिणाममा भित्राउने गरेका छन् । भारतबाट मोटरसाइकटल, साइकलको प्रयोग गरी दिन भरी जटही सीमा क्षेत्रका घरमा अवैध मालसामान भण्डार गर्ने र त्यसपछि त्यहाँ भण्डारण गरिएका मालसामान समय अनुकूल मिलाएर अटो, टेम्पु र सिटी रिक्सामा लोड गरी देशभरीका बजारसम्म पुर्याउने गरेको स्रोतको दाबी छ । अहिले सो नाकाबाट चिनी, मैदा मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिरहेको जनाइएको छ ।
धनुषा जिल्लामा जटही नाकासहित अन्य नाकाहरूबाट पनि विगत लामो समय देखी भारतबाट नेपालतर्फ चिनी र मैदा तस्करी हुँदै आएको छ । भारतसँग खुल्ला सिमानाका कारण भारतबाट धनुषाको जिल्लामा अहिले दैनिक सयौं क्विन्टल चिनी र मैदा चोरी निकासी हुने गरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र भन्सार कर्मचारीको मिलोमतो मै धनुषाको जटही नाकाबाट भारतीय मालसामानको तस्करी हुने गरेको हो । तस्करहरूले झोला, पोका र ठूलठूला बोरासमेतमा राखेर भारतिय चिनी, मैदा सहित अवैध माल समान तस्करी गर्ने गरेका छन् ।
जटही सीमा नाकाको वरपर खेतमा दैनिक चिनी, मैदा लगायत अन्य माल समान तस्करी गर्ने तस्करहरूको मेला लागेको देखिन्छ । सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरूको भनाइ अनुसार तस्करहरूले दिनको समयमा कम गतिविधि गरे पनि रातीको बेला रातभर सीमा नाकाको गाउँहरूको बाटो हुँदै चिनी, मैदा तस्करी गर्ने गरेको र रातभरिमा ओहोरदोहोर गर्ने गरेको बताउँछन् ।
नाम प्रकाशित नगर्ने शर्तमा एकजना स्थानीय बासिन्दाले भने–जटही नाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको छ ।
भारतीय सीमा नाकासँग जोडिएको जटही क्षेत्रमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरूसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको उनको भनाई छ ।
नेपाल भारत सीमा जटही क्षेत्रमा सञ्चारकर्मीको एक टोलीले निरीक्षण गर्दा नेपाल प्रहरीले तस्करहरूसँग मिलि रकम लिएर सामान छोड्ने गरेको भेटिएको छ । नाकामा अटो टेम्पु, सिटी रिक्सा, मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरूको भीड हुने गरेको छ ।
जटही नाकाबाट सबैभन्दा नजिक सीमा पारिको बजारबाट व्यापारीहरूले चिनी, मैदा, खाने तेल, मसला, किराना सामान तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरूलाई बिनाकुनै जाँच नेपाल भित्रिने अनुमति दिइरहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८१ भदौ १९ बुधबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्