महोत्तरी मटिहानीका तीन दर्जन बढी परिवारले पाए गाउँब्लकको लालपूर्जा
नापी कार्यालय जलेश्वरका अनुसार २०६५/०६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रिया अघि बढेको थियो । मटिहानी वडा नम्बर २ का १ सय ५६ परीवारको जग्गा धनीपुर्जा वितरणको अन्तिम तयारी भइरहेकाले छिट्टै उक्त पुर्जा वितरण गरिने नापी कार्यालय प्रमुख राम विनय सिंहले बताए ।

२०८१ असार २० बिहीबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका- ३ बरदाहाका ३८ परिवारले गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन् ।
बुधबार एक कार्यक्रमकाबीच नापी कार्यालय जलेश्वर र मटिहानी नगरपालिकाले लालपुर्जा वितरण गरेको छ । ३८ जना ब्यक्तिको नाममा जग्गाधानी पुर्जा बितरण गरिएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
नापी कार्यालय जलेश्वरका अनुसार २०६५/०६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रिया अघि बढेको थियो । मटिहानी वडा नम्बर २ का १ सय ५६ परीवारको जग्गा धनीपुर्जा वितरणको अन्तिम तयारी भइरहेकाले छिट्टै उक्त पुर्जा वितरण गरिने नापी कार्यालय प्रमुख राम विनय सिंहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…