विद्यालयको जग्गा कब्जा गर्न खोजेपछि जनकपुरको शिवपुरमा दुई समुदायबीच तनाव !

२०८१ जेठ २८ सोमबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको शिवपुरमा अवस्था तनावग्रस्त बनेको छ । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । 

पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता माविको करिब ३ कठ्ठा जमिनमा मुस्लिम समुदायले नमाजको लागि स्थल बनाउनुपर्ने अडानमा रहेका छन् । सो जमिनमा यसअघि नै मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट योगशिविर भवनको लागि बजेट आएकोमा मुस्लिम समुदायहरुले त्यहाँ भवन बन्न दिएनन् । 

भवन बन्न नदिएपछि मन्त्रालयका सचिव एवम् समाजसेवी समेत रहेका डा. प्रमोद कुमार यादवले आफ्नो नीजी ९ धुर जग्गा दिएर योगशिविर भवन बनाउने प्रयास गरेका थिए । सोही विद्यालयको जमिनको पछाडी रहेको डा. प्रमोदको जग्गामा योगशिविर बनाउने प्रस्ताव भएको थियो । सो जग्गा डा. प्रमोदले समाजिक हकहितको लागि दान दिएका थिए, तर त्यहाँसम्म पुग्न सोही विद्यालयको जग्गा भएर जानुपर्ने बाटो मात्र भएकोमा बाटो छुटयाउन भनेपछि मुस्लिम समुदायले विवाद उचालेको बताईएको छ । 

७ बर्षदेखि विवादित रहेको सो जग्गामा अदालतले मुस्लिम समुदायलाई दुई समय नमाज पढन अनुमति दिएको थियो । तर बाटो नलागेको अवस्थामा समाजिक रुपमै योगशिविर भवनसम्म आवतजावतको लागि बाटो छुटयाइदिन भनेपछि मुस्लिम समुदायले बलजोरी गरेपछि विवाद उत्पन्न भएको हो । 

योगशिविरको लािग सो जग्गा नदिएपनि कमसेकम बाटो दिनुपर्ने धारणा त्यहाँका समाजको थियो । तर, मुस्लिम समुदायले भने बाटो समेत नदिने अडान गरेपछि बाँकीका समुदायले प्रतिवाद गरेको जनाईएको छ । 

अहिले सो स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारीको कमाण्डमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । अवस्था अहिले तनावग्रस्त रहेको छ भने मिलाउने प्रयास भईरहेको छ । 

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 89%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ जेठ २८ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus