
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक स्थानीय तहका ईन्जिनीयरले अकुत सम्पति जोडेको भन्दै सम्पति छानबिनको लागि मुद्दा दायर गरिएको छ ।
सिरहाको करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमा काठमाडौँ सहित १२ स्थानमा जग्गा किनेको आरोपसहित सिरहाको सुखिपुर नगरपालिकामा कार्यरत इन्जिनीयर डोमी यादवमाथि सम्पति शुद्धिकरणको मुद्दा दायर गरिएको हो ।
इन्जिनियर यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अकूत सम्पति आर्जनको मुद्दा दायर गरिएको हो ।
सिरहा जिल्ला सुखीपुर नगरपालिकाका करार इन्जिनियरको रुपमा कार्यरत यादवले ७ वर्षमा काठमाडौँ, गोलबजारमा घडेरीसहित घर र बिभिन्न फरक फरक स्थानमा करोडौँको जग्गा लगायत केहि ट्रिपर जोडेको सम्बन्धमा पक्राउ गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति शुद्धिकरण आयोगमा मुद्दा दायर गरिएको हो ।
इन्जिनियर यादवले काठमाडौँ उपत्यका भित्र ललितपुरमा समेत जग्गा जमिन खरिद गरेको भन्दै सम्पति शुद्धिकरणको लागि निवेदन पेश गरिएको हो ।
क्रमश किता नम्बर ११९२ र ११९१ , गोलबजारमा नगरपालिका भित्र रहेको लाखौँको र गोलबजारको मुख्य स्थानमा १७ धुर जग्गामा करोड बढीको घर बनाएपछि उनीमाथि सम्पति शुद्धिकरणको मुद्धा दायर गरिएको हो ।
साविक सिरहाको सिग्राही मटिअर्वामा समेत जग्गा जमिन खरिद गरेको भन्दै उनीमाथि मुद्दा परेको हो ।
इन्जिनीयर यादवले सिरहा जिल्लाकै विभिन्न स्थानमा जग्गा जमिन खरिद गरी करोडौँको सम्पति आर्जन गरेको आरोप लगाईएको छ ।
उल्लेखित किता नम्बरको घर र जग्गा अधिकांश सम्पति आफ्नो श्रीमती मनिषा यादव, सासु रेखा कुमारी यादव लगायत आफन्तको नाममा लुकाएर पछि बकस पत्र गरि सम्बन्धित निकायलाई समेत झुकाएर आफूलाई दानमा आएको भन्दै आफ्नो र घर परिवारको नाममा राखेको समेत आरोप लगाईएको हो ।
यता, ईन्जिनीयर यादवले भने सो आरोपलाई खण्डन गरे । समाचार पुष्टि र प्रतिक्रियाको लागि उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै आरोपलाई निराधार रहेको बताउँदै कानुनी प्रक्रियाबाट पुष्टि गर्ने दाबी गरे । उनले आफ्नो छेउकै एक जनासँगको नीजी रिसबई र दुश्मनीले बर्षौदेखि आफूमाथि विभिन्न मुद्दाहरु हाल्दै आएको बताए ।
करोडौको सम्पति आर्जन गरेको आरोप र मुद्दाको सन्दर्भमा ईन्जिनीयर यादवले मुद्दा हालिएको सन्दर्भमा आफूलाई जानकारी नभएको तथा पत्र आएपछि कानुन बमोजिम नै जवाफ प्रमाणसहित फर्काउनेमा दृढता व्यक्त गरे । उनले भने, –“आफूमाथि निवेदन वा मुद्दा परेको कुरा तपाईबाटै सुने, मलाई अधिकारिक जानकारी आएको छैन । सम्पति शुद्धिकरणको लागि मैले सरकारलाई बर्षेनी सबै प्रमाणहरु दिएकै हो , मुद्दा परेपछि कानुन बमोजिम लडाई गरौँला वा जवाफ दिउँला ।”
उनले आफ्नो जागिरको साथै साइड बिजनेशहरु समेत भएकोले सम्पति शुद्धिकरणको लागि परेको मुद्दामा सफाई पाउने विश्वास व्यक्त गरे । उनले भने, –“जहिलेदेखि आफ्नो परिवारको लागि घर निर्माण गरे, केही छेउकै व्यक्तिहरु आफूमाथि लागे, दर्जनौ मुद्दा दायर गरे, व्यक्तिगत रिसबई पोख्न पनि यस्तो गर्नु कुनै नयाँ नौालो होईन् । बाँकी कानुन र न्यायमाथि विश्वास छ ।
Full Action मा मधेशका मुख्यमन्त्री सतिश सिँह, आफ्नै गृह जिल्लाको दुई अस्पताल बन्द गर्न निर्देशन
- २०८० चैत ३० शुक्रबार
न्यूज ब्यूरो, राजविराज । मधेशका मुख्यमन्त्री विगते केही हप्तादेखि निरन्तर अवैद्य अस्पालमाथि एक्सन लिन सक्रिय भएका छन् । आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरुमा मधेसका मुख्यमन्त्री सतिस सिंहले अनुगमन गरेका छन्
पूरा पढ्नुहोस्