होली खेल्ने बेला जनकपुरमा एक युवकमाथि धारिलो हतियार प्रहार
पसलको हिसाबकिताबको लागि भएको समान्य विवादले रक्सीले मातेका सतिशको टोलीले जमुनालाई जनकपुरको थापाचोक बोलाएर कुटपिट गरेको आरोप लगाइएको छ ।

२०८० चैत १३ मंगलबार, बिहान १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा होली खेल्ने क्रममा एक युवकमाथि आक्रमण गरेको छ ।
सोमबार बेलुकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कनकपट्टि बस्ने कैलाश साहका छोरा बर्ष २३ का जमुना साहलाई धारिलो हतियार प्रहार गरेको हो ।
सोमबार बेलुकी करिब ९ बजेको समयमा होली खेलेर जमुनाको पसल तथा घरमा पुगेका केही युवकहरुले हो- हल्ला गरेपछि सम्झाउन गएका जमुनामाथि आक्रमण गरेको हो ।
पसलको हिसाबकिताबको लागि भएको समान्य विवादले रक्सीले मातेका युवकहरुले जमुनालाई जनकपुरको थापाचोक बोलाएर कुटपिट गरेको आरोप लगाइएको छ ।
जमुनाको टाउकोमा धारिलो हतियार प्रहार गरेको कारण उनको चारवटा टाँका लगाईएको छ । यधपि आरोपितको नाम सार्वजनिक गरिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…