होली खेल्ने बेला जनकपुरमा एक युवकमाथि धारिलो हतियार प्रहार

२०८० चैत १३ मंगलबार
बिहान १०:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा होली खेल्ने क्रममा एक युवकमाथि आक्रमण गरेको छ । 

सोमबार बेलुकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कनकपट्टि बस्ने कैलाश साहका छोरा बर्ष २३ का जमुना साहलाई धारिलो हतियार प्रहार गरेको हो ।

सोमबार बेलुकी करिब ९ बजेको समयमा होली खेलेर जमुनाको पसल तथा घरमा पुगेका केही युवकहरुले हो- हल्ला गरेपछि सम्झाउन गएका जमुनामाथि आक्रमण गरेको हो । 

पसलको हिसाबकिताबको लागि भएको समान्य विवादले रक्सीले मातेका युवकहरुले जमुनालाई जनकपुरको थापाचोक बोलाएर कुटपिट गरेको आरोप लगाइएको छ । 

जमुनाको टाउकोमा धारिलो हतियार प्रहार गरेको कारण उनको चारवटा टाँका लगाईएको छ । यधपि आरोपितको नाम सार्वजनिक गरिएको छैन ।

  • 0%
  • 50%
  • 0%
  • 50%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०८० चैत १३ मंगलबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus