
न्यूज ब्यूरो, सिरहा । सिरहास्थित पत्रकारको नाममा असमाजिक गतिविधि गरेको भन्दै एक पत्रकारलाई प्रहरीले थुरैया (कुटपिट) गरेका छन् ।
गत कार्तिक २२ गते राती ८ बजेको समयमा पत्रकार हुँ भनी नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य राम पुकार यादवले समाजिक र गैर–कानुनी हर्कत गरेको भन्दै प्रहरीले कुटपिट गरेको बताईएको छ ।
आफू पत्रकार हुँ भनी सिरहाको विष्णुपुर बजारस्थित रहेको एक होटेलमा खाजा खाँदै बियर खाईरहेका युवकहरुको समूहलाई गैर–कानुनी रुपमा तस्विर, भिडियोहरु खिच्न थालेपछि उत्पन्न विवादको क्रममा प्रहरीले पत्रकार यादवलाई लाठीचार्ज गरेपछि प्रहरीमाथि रिस पोख्न सुरु गरेको बताईएको छ ।
राती ९ बजेसम्म मदिरा पसल सँचालनको नियम लागू भएको बेला ८ बजेभन्दा अगाडी नै ईलाका प्रहरी कार्यालय विष्णुपुरका ईन्चार्ज बैद्यनाथ दासलाई लक्षित गर्न होटेलमा बसेका युवकहरुको फोटो तस्विर खिच्न थालेको आरोप छ । पत्रकार यादवले प्रहरीको मिलोमत्तोमा समयभन्दा बाहिर मदिरा पसल सँचालनमा रहेको भनेर साबित गर्नको लागि भिडियोहरु खिच्न थालेपछि विवाद भएको थियो ।
सो क्रममा मदिरा पसलमा बियर खाँदै गरेका स्थानीय युवकहरुले फोटो र भिडियो किन खिचेको भन्दै सोध्दा आफू पत्रकार हुँ भनी जे पनि गर्न सक्ने भन्दै धाक लगाएपछि विवाद चर्किएको थियो । असलमा, ईलाका प्रहरी कार्यालयका ईन्चार्ज बैद्यनाथ दासलाई लक्षित गर्न उनले सो भिडियो खिचेको बताईन्छन् ।
विवाद उत्पन्न भएपछि मदिराले लठ्ठ परेका पत्रकार यादवले आफ्ना साथीहरुलाई बोलाएर बितण्डा मच्चाउने सिन्को पाएपछि ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट थप प्रहरी गएको थियो । सो क्रममा मोटरसाईकलमा करिब दुई दर्जन व्यक्तिहरु मगाएर झगडा गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठीचार्ज गरेको बताईन्छ । सोही क्रममा पत्रकार यादवलाई समेत चोटपटक लागेको ईलाका प्रहरी कार्यालयका ईन्चार्ज बैद्यनाथ दासले बताए ।
उनले भने, –“हामीलाई पत्रकार महोदयसँग केही रिसबई छैन, उहाँको आफ्नो व्यक्तिगत केही हुन सक्छ, तर हामीलाई नै लक्षित र बदनाम गर्नको लागि सर्वसाधारणको गोपनीयताको हक र सम्मानको हकलाई हनन गर्दै भिडियो तस्विर खिच्न थालेपछि विवाद भयो, सोही क्रममा प्रहरीले स्थिति नियन्त्रण गर्न साधारण लाठीचार्ज गरेको हो । अन्य केही छैन । यसलाई मुद्दा बनाएर प्रहरीको गरिमालाई अनावश्यक तथ्यहरु समाचार नलेखिदिन आग्रह गर्न चाहन्छु ।”
कार्तिक २२ गतेको घटनालाई लिएर पत्रकार यादवले ईलाका प्रहरी कार्यालयका ईन्चार्ज दासलाई लक्षित गरी चामलले भरिएको पिकअपको लागि ४० हजार रुपैयाँ लिएर छाडेको आधारहिन समाचार सम्प्रेषित गरेको आरोप छ । समाचारमा पित्त पत्रकारिताको गन्ध देखिएको बताईएको छ ।
समाचारमा राखिएको पिकअपको तस्विरमा सवारी दुर्घटनामा परेको पिकअपलाई कारवाहीको लागि ल्याएको अवस्थाको रहेको भन्दै खाली पिकअपलाई देखाएर ईलाका प्रहरीलाई बदनाम गर्ने नियत देखिएको बताए ।
यस सन्दर्भमा पत्रकार रामपुकार यादवले आफूमाथि लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् । न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानी र घटनाको जिज्ञासाको क्रममा उनले त्यस्तो केही नभएको प्रतिक्रिया दिए । उनले बजारमा केही उच्छृँगल युवकहरुले असमाजिक गतिविधि गरेपछि पत्रकारको हिसाबले मात्र कार्य निर्वाह गरेको बताए ।
जानकारी अनुसार, विष्णुपुर गाउँपालिका अध्यक्षका व्यक्तिगत (पर्सनल) पत्रकारको रुपमा यादवले कार्य गर्दै आएको हो । गाउँपालिकाकै योजना सूचिकृतको लागि घटनाको कनेक्सन भएको बताईन्छ । जस सन्दर्भमा पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले समेत उनलाई चेतावनी दिएको बुझिएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष बनैतासँग यस सन्दर्भमा जानकारी एवम् प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८० मङ्सिर १ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्