
न्यूज ब्यूरो, दुबई । युएईको दुबईमा ओल्डमंक्स फुटबल क्लब युएईको आयोजनामा सम्पन्न चौथो शहदेव मेमोरियल कप नकआउट फुटबल प्रतियोगिताको ट्रफीमा नखिल गुर्खाजले कब्जा गरेका छन् ।
शारजाह वन्डर्स स्पोर्टस क्लबमा भएको फाइनल खेल नखिल गुर्खाज र लालीगुराँस फुटबल क्लबबीच भएको सो खेलमा नखिल गुर्खाजले जीत हाँसिल पारेको हो ।
यो प्रतियोगितामा नखिल गुर्खाजले उपाधिसहित नगद ४००० युएई दिर्हाम, ट्रफी, मेडल र प्रमाणपत्र जीत हात पार्यो । त्यसैगरी उपविजेता लालीगुराँस फुटबल क्लबले २५०० युएई दिर्हाम सहित ट्रफी, मेडल र प्रमाणपत्रमा जित्न सफल भएको आयोजकले जनाएको छ ।
लाली गुराँस फुटबल क्लबका अरुण शंकर उर्फ हरि प्रतियोगिताकै सर्वोत्कृष्ट गोलकीपरको उपाधी पाउन सफल भए । निर कुमार राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । सुदिल राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा जय गुरुङ उत्कृष्ट प्रशिक्षकमा चुनिए ।
प्रतियोगितामा युएईमा रहेका प्रवासी नेपाली समुदायहरुको कुल १८ टोलीहरुले सहभागिता जनाएको लाली गुराँस फुटबल क्लबका बरिस्ठ सल्लाहकार जग नारायण मण्डलले जानकारी दिए ।
बच्चा खेलाउँदै बाँदर
- २०८० असोज १५ सोमबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्