ड्रग्स सेवन विरुद्धको सडक नाटकले प्रत्यक्ष चेतना फैलायोः वडाध्यक्ष साह

२०८० जेठ १७ बुधबार
रति ८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय कुमार साहले सडक नाटकले प्रत्यक्ष चेतना फैलाएको बताएका छन् । 

धनौजी गाउँपालिकाको वडा नं. २ को विभिन्न वस्तीमा गरिएको लागुऔषध विरुद्धको सडक नाटकले प्रत्यक्ष चेतना फैलाउन मदत गरेको बताएका छन् । २ नम्बर वडा कार्यालयको सहयोगमा बुधबारदेखि सुरु भएको सडक नाटकको क्रममा बोल्दै वडाध्यक्ष साहले चेतना फैलाउने माध्यममा सडक नाटक प्रभावकारी भएको बताए । 

मँगलबारदेखि सुरु भएको तीनदिने सडक नाटकको दोस्रो दिन बुधबार वडाध्यक्ष साहले धनौजी बजारमा स्थानीय नागरिक सर्वसाधारणलाई सम्बोधन गर्दै गाउँस्तरमा चेतना फैलाउनको लागि सडक नाटक उत्तम माध्यम भएको बताए । 

नेपाल–भारतको सीमासँगै रहेको धनौजी गाउँपालिकाको वडा नं. २ मा मँगलबार धनौजीको गाउँटोल, बुधबार धनौजीको बजारटोलमा सडक नाटक गरिएको हो । शुक्रबार जेठ १८ गते गौरदाहा टोलमा सडक नाटक हुने जनाइएको छ । 

सडक नाटकको क्रममा करिब दुई दर्जन कलाकारहरुले वर्तमान समाजका किशोर, युवाहरुले कसरी कुलत, लागुऔषधको लत्तमा फँस्ने गरेको बारेमा प्रदर्शनको माध्यमबाट चेतना फैलाइएको बताइएको छ । किशोर, युवकहरुलाई लागुऔषधबाट हुने हानी, समाजलाई हुने नोक्सानी, विकृतको रुपलाई सडक नाटकको माध्यमबाट दर्साएको हो । 

सडक नाटकको क्रममा गाउँपालिका अध्यक्ष राजकुमार साह, वडा सदस्य रोशन मिश्रसहित सन्जु मण्डल ,अलि मोहोमद नदाफ, सोमा देबि पासवान लगायतका वडासदस्यहरु, स्थानीय बुद्धिजीवी, अधिकारकर्मीहरुको समेत सहभागीता रहेको बताईएको छ । 

सडक नाटकमा दुर्गा मेला समितिका अध्यक्ष रमण मिश्रसहित वर्तमान तथा पूर्व पदाधिकारीहरु, बिओपी धनौजीका ईन्चार्ज धन रावल, प्रहरी चौकी भडरियाका ईन्चार्ज रजक मियाँ लगायतको विशेष उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आर्मीलाई हराउँदै केपी ओली कपमाथि मधेशको कब्जा, मधेश प्रदेश बने च्याम्पियन

  • २०८० जेठ १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।  शुक्रबार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो। मधेशले

पूरा पढ्नुहोस्

Bureau Menus