हात्तीपाइलेको औषधी किन खानु र ?

२०७९ फाल्गुण २७ शनिबार
बेलुकी ७:२२ बजे
सूर्यनारायण चौधरी

ढोका ढकढक गरेको आबाज आयो । म कक्षा कोठा बाहिर निस्के ।  
नमस्ते हामि महिला स्वास्थ्य स्वयमसेबिका,  तपाइको कलेजमा  बिद्यार्थीहरुलाई हात्तिपाईलेको औषधि खुवाउन आएको ।
तपाईलाई स्वागत सहित धन्यवाद ।  कक्षा भित्र आउनुस भने  । 

मैले बिधार्थीहरुलाई भने वहा महिला स्वास्थ्य स्वयमसेबिका दिदि, जनस्वास्थ्य सुधारको क्षेत्रमा उहाहरुको धेरै योगदान छ । हात्तिपाईले रोगको नियन्त्रण अभियानको लागि औषधी खुवाउन आएको हो । औषधि खानुस है । 

एक बिधार्थी उठ्दै सोध्यो सर हात्तीपाइलेको औसधि खानु र ? यसको साइड ईफेकट धेरैहुन्छ रे । यसको बारेमा केहि थाहा छैन कसरि सिधै औषधि नै खानु ? 
अर्को बिधार्थिले फेरी भने हो सर मेरो गाउको मान्छेहरु औषधि खादा अस्पतालनै भर्ना हुनु परेको थियो अस्तिको साल अनि कसरि खानु ? 
स्वयमसेविका दिदिले भन्नु भयो सर जनस्वास्थ्यको क्षेत्रमा तपाईलाई पनि  थाहा छ ।  हजुर मास्टर अफ पप्लिक हेल्थ पढेको तपाइँ नै केहि भनिदिनुस न । मैले भने हस् । छोटकरीमा है त् । 

रोगको परिचय
हातिपाईले  रोगलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित पन्ध्र वटा जिल्लाहरुमा औषधि खुवा्उने अभियानको रुपमा संचालन गरेको छ । कोशी प्रदेशको झापा, मोरंग यसै गरि अरुप्रदेशको  धनुषा , महोतरी , सर्लाही , रौतहट ,बारा , कपिलबस्तु , दांग, बाँके, कैलाली, रसुवा , लम्जुंग , बाग्लुंग र पर्वत रहेको छ ।

सर्ने तरिका
हातिपाईले रोग सजिलै रोक्न सकिने जनस्वास्थ्य समस्या हो । यो लामखुट्टेको टोकाइबाट युचेरिया  ब्यन्क्रोपÞm्टीको कारणले  सर्छ । हातिपाईले रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोकेपछी उक्त लामखुट्टे ले फेरी स्वास्थ्य मानिसलाई टोक्दा एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने गर्दछ  । 

रोग देखिने भौगोलिक अबस्था
यो रोग जुनसुकै उमेरको व्यक्तिलाई सर्न सक्छ । यो रोग प्रायः तराई क्षेत्रका मानिसहरूमा बढी हुन्छ तर हाल पहाडी जिल्लाहरुमा पनि भेटिएको छ । यो रोग खास गरि समुन्द्री सतह देखि ५८०० फिट माथि सम्म देखिएको छ । सन् २००३ मा पर्षा जिल्ला बाट हातिपाईले  रोगलाई नियन्त्रण को लागि औषधि खुवान सुरु गरेको हो । अहिलेको प्रभावित जिल्लाहरु औषधि खुवाउने  अभियान छ । 

विश्वमा रोगको अबस्था
विश्व भरिमा ४७ देशको ८६३ मिलीयन मानिसहरु जोखिममा रहेको छ । सन् २०१८ मा ५१ मिलियन ब्यक्ती सक्रमित भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले हातिपाईले  नियन्त्रको औषधि खुवाउन थालेपछि सन् २००० सम्म  ७४% ले सक्रमण दर कम भएको छ ।    ग्लोबल बेस लाइनको अनुमान अनुसार २५ मिलियन पुरुसमा हाइड्रोसिल र १५ मिलीयनमा लिम्फोएडिमा रहेको छ । 

औषधि  खानुको औचित्यता
सन् २०३० सम्म यो रोगलाई उन्मुलन गर्ने लक्ष्य राखेको छ । समुदाय स्तरको संक्रमण हटाउन समुदाय  बाट नै हातिपाईले रोगको उन्मुलन गर्न  प्रभाबित् जिल्लाको लक्षित व्यक्तिहरुले  औषधी प्रत्यक्ष रुपमा खानु पर्छ । यसको औषधि नोबेल पुरुस्कार बिजेताले पत्ता लगाएको प्रमाणित ,परीक्षण भईसकेको हुनाले ढुक्क साथ खानुपर्छ ।
स्वास्थ्य कार्यकर्ताको सल्लाह अनुसार मात्रै  तिन किसिमको औषधि व्यक्तिको उमेर र तौल अनुसार खानुपर्छ ।
औषधि खादा समान्य असर जस्तो टाउको दुख्ने , रिंगटा लाग्ने, ज्वरो आउने ,वाकवाक लाग्ने  हुनसक्छ तर बढी भएमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नु पर्छ ।

लक्षण चिन्ह
यो रोग लागेको सुरुको अबस्थामा धेरैमा लक्षण चिन्ह नदेखिन पनि सक्छ  कसैमा छाला तथा लिफ्नोड़ सुनिने हुन्छ । क्रोनिक अबस्थामा पुगेमा जटिल अबस्था आउन सक्छ छाला तन्तु सुनिने , मोटो हुने , मुख्य गरि खुट्टा सुनिने मोटो हुने , अन्डकोष सुनिने छाती तथा प्रजनन अंग मा असर गर्छ . यो रोगले व्यक्तिको सामाजिक . मानसिक र आर्थिक अबस्थामा नराम्रो प्रभाब पार्छ ।

रोकथामको उपाय
सरकारले अभियानको रुपमा चलाएको औशधि खाने । फिलारियासिसको निवारणका लागि वातावरण स्वच्छ राख्ने, मच्छरको टोकाईबाट  बच्ने उपाय गर्ने,  औषधीय उपचार लिने र जनचेतना बढाउने, झुल भित्र मात्र सुत्ने, पुरा शरीर  छोपिने  लुगा लगाउने । 
विद्यार्थीले यति कुरा सुनेपछि  रोग रोकथाममा हाम्रो पनि भूमिका छ  औषधि खान्छौ भनेर भने । म सबैलाई धन्यबाद भन्दै बाहिर निस्के । 

अबको उपाय
प्रभावित  जिल्लामा स्वास्थ्यकर्मीको निर्देशन अनुसार औषधि खाई हात्तिपाईले रोग नियन्त्र तथा उनमुलन कार्यमा बिशेस योगदान दिनुपर्छ बाहिर निस्के ।  अन्य जिल्लामा आबश्यकता अनुसारको अनुसन्धान , औषधिको प्रभाव बारे बैज्ञानिक अनुसन्धान गरिनु पर्छ बाहिर निस्के ।  स्वास्थ्य कर्मीहरु घर घर गई , लक्षित समुह संग जनजेतना जगाई सचेत गरिनु पर्छ बाहिर निस्के ।  औषधि लिने मात्र होइन सुझाब अनुसार खानुपर्छ । आम सचेत नागरिक , हरेक स्वास्थ्य कर्मी , जनस्वस्थ्य कर्मी , पालिका, राजनीतिक कर्मी  र राज्य पूर्ण रुपमा लागेमा हात्तीपाईले रोगलाई उन्मुलन गर्न सम्भब छ । 


सुर्य नारायण चौधरी  
उप प्रध्यापक, जनस्वास्थ्य  
 

  • 67%
  • 0%
  • 6%
  • 0%
  • 0%
  • 0%

  • २०७९ फाल्गुण २७ शनिबार

Bureau Menus