सिरहाः प्रहरीको बीचबाट यसरी हुन्छ तस्करी, लहान बन्दैछ तस्करको अड्डा

२०७९ कार्तिक २९ मंगलबार
बिहान ०९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा दर्जनौ प्रहरी जतिबेला पनि परिचालन हुन्छ त्यही बेला तस्करले नाकमुनीबाट समान पास गर्ने गर्दा प्रहरी बोल्न सक्ने अवस्था देखिएनन् । 

सोमबार राती करिब ११ः३० बजेको समयमा सिरहाको लहानमा तस्करहरुले ल्याएको अवैद्य समान प्रहरीको नाकमुनीबाट पास गरेपनि प्रहरीले केही चासो देखाएनन् । यसले तस्करसँग प्रहरीको कति हदसम्म मिलोमत्तो रहेको छ भने पुष्टि हुन्छ । 

यही मँसिर ४ गते हुन लागेको चुनावको समयमा विभिन्न चोक चोराहामा अन्य दिनभन्दा अधिक सँख्यामा प्रहरी परिचालन गरेको अवस्थामा पनि तस्करले सहज रुपमा समान पास गर्न सक्नु प्रहरी उपरको शंका झन मजबुत बनाएको छ । 

निर्वाचनलाई मध्यनजर गर्दै सिरहाको विभिन्न बोर्डरमा कडाई गरेको अवस्थामा पनि भित्र लहानसम्म तस्करको समान छिर्नु सशस्त्र प्रहरी र जनपद प्रहरीप्रतिको निगरानी स्तरलाई झल्काएको छ । तर, यो एक दिनको मात्र होइनन, दिनहुँ यही प्रकारले सिरहामा तस्करी हुँदै आएको छ । 

सप्तरी र सिरहाको सीमामै रहेको सखुवानन्कारकट्टि गाउँपालिका प्रयागपुर बस्ने कृष्णा यादवको मालसमान विना कुनै रोकटोकको लहानसम्म आईपुग्ने गरेको छ । भारतबाट भन्सार छली गरी ल्याउने त्यो समान प्रहरीकै सेटिँगमा लहान बजारसम्म आउने गरेको छ । 

लहान बजारमा प्रहरीको ड्युटी जतिबेला पनि हुन्छ । दुई जिल्लाको सीमा भएकोले पनि सो क्षेत्रमा प्रहरी जतिबेला ड्युटीमै हुन्छन् । अस्पताल क्षेत्र समेत परेकोले प्रहरी नहुने अवस्था कहिल्यै हुँदैनन, तर त्यस्तो अवस्थामा पनि तस्कर कृष्णाको मालसमान उसको गोदामसम्म पुगाउन मदत गर्छन स्थानीय प्रहरी । 

सिरहाको ठाढी, झाँझपट्टी, बरियारपट्टि लगायतका नाकाहरुबाट चोरबाटो हुँदै भित्र लहानसम्म आउने तस्करीको समान अहिले सशस्त्र प्रहरीले कडाई गरेपछि केही हदसम्म न्यूनिकरण भएपनि पूर्ण रुपमा भने अझै रोकिएको छैनन् । 

सशस्त्र प्रहरी लहानका डिएसपी एकराज बुढाथोकीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने हरेक नाका र ठाउँमा सशस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गर्ने गरेको भन्दै भारतबाट समान ल्याउन सक्ने अवस्था नरहेको बताए । 

उनले लहान सप्तरी जिल्लाको सीमासँगै रहेकोले अन्य कतैबाट आएको हुन सक्ने बताए । उनले भने, –“राती तस्करीको समान आएको भनेर फोन आएको थियो, तर म आफैँ निर्वाचनलाई लक्षित गरी बसेको सुरक्षा बैठकमा व्यस्त भएकोले तत्कालै उपस्थित हुन सकिन । कहाँबाट आयो, कसरी आयो भनेर बुझ्दैछु ।”

सशस्त्र प्रहरीले सिरहाको सीमानाकामा कडाई गरेको दाबी गरिरहँदा लहान बजारसम्म तस्करीको समान आईपुग्दा न त सशस्त्र प्रहरी न जनपद प्रहरीले केही गर्न नसक्दा स्थानीयहरुमा शँका पैदा भएको छ । 

स्थानीयहरुले प्रहरीकै मिलोमत्तोमा भारतबाट लहानसम्म तस्करीको समान तस्करको घरसम्म नै आईपुग्ने गरेको आरोप लगाएका छन् । सोमबार राती लहानको तस्कर भनिने कृष्णा यादवको मालसमान टेम्पोमा आएको थियो । 

राती करिब १२ बजेको समयमा उनको मालसमान पास हुँदा प्रहरी भने मुकदर्शक बने । न्यूज ब्यूरोका सहकर्मीले खिचेको भिडियोमा टेम्पो चालकसँग भन्सारको कागजात माग गर्दा कागज नरहेको, भन्सार नरहेको जवाफ फर्काका थिए । सो मालसमान भने कृष्णा यादवको रहेको बयान चालकले दिएका छन् । 

गएराती कृष्णा यादवको गोदाममा मालसमान पास भएको जानकारीपछि सशस्त्र प्रहरी र जनपद प्रहरीले उनको गोदाममा चेकजाँच गर्ने बताएको छ । समानको कागजात नभेटाए बरामद गरिने जनाइएको छ । 

लहान बजारमा जनपद प्रहरीको डयुटी २४ सै घण्टा तैनाथ हुन्छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चर्चित युवा गीतकार बेदर्दीले पाए 'सर्वोत्कृष्ट मैथिली गीतकार २०२३' अवार्ड

  • २०७९ कार्तिक २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । " नेपाली हुनुमा गर्व गरौँ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं " भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) द्वारा आयोजित नेपालको पहिलो समावेशी

पूरा पढ्नुहोस्

Bureau Menus