कोरोना र लकडाउन

जनकपुर सहित धनुषाजिल्लामा पर्सी मँगलबारदेखि लकडाउन

आईतबारको निर्णय अनुसार मँगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । बैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा हुने भएको छ । 

२०७८ बैशाख १९ आइतबार
बिहान ०८:१५ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारतको सीमा क्षेत्रसँगै रहेको धनुषा जिल्लामा समेत कोरोना सँक्रमितको सँख्या बढदै गएपछि पर्सी मँगलबारदेखि मुख्य शहर जनकपुरधाम सहित जिल्लाभरि लकडाउन गर्ने भएको छ । 

धनुषामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पर्सी मँगलबारदेखि देखि निषेधाज्ञा (लकडाउन) हुने जनाइएको छ । 

संघिय सरकारको मापदण्ड अनुसार एउटा जिल्लामा ५ सय कोरोना संक्रमित देखिएपछि सो जिल्लामा निषेधज्ञा लगाउनुपर्ने हुन्छ । हाल सम्म धनुषामा कोरोना संक्रमित एक्टिभ केस साढे ४ सय पुगेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए । 

दैनिक रुपमा बढ्दै गएको कोरोना संक्रमितको संख्यालाइृ दृष्टिगतगरि आईतवार जिल्ला संकट व्यवस्थापन समितिको बैठक राख्दै छौ, बास्तोलले भने,‘ वैठकबाट निर्णय गरेर लकडाउन लागु हुन्छ ।’ 

निषेधाज्ञाको सम्बन्धमा प्रदेश सरकारसँग समेत कुराकानी भएको उल्लेखगर्दै उनले भने,‘ आइतवार वैठक बसेर त्यसको निर्णय गर्छौ, आवश्यक तयारी गरेर सोमवार लकडाउन गर्छौ ।’ यस अघि हाट बजार विहान ७ देखि १० वजे सम्म र बेलुका ४ देखि ७ सम्म सम्म मात्रै खोल्न सुचनाजारि गरिएपनि त्यसको पुर्ण पालना भईरहेको छैन ।

यसैबीच, प्रदेश सरकारले कोरोना संक्रमति बढ्दै गएको प्रदेशको अन्य स्थानहरुमा पनि लकडाउन हुने जनाएको छ । अहिले प्रदेशका महानगरपालिका वीरञ्जमा मात्रै १६ वैशाख देखि लकडाउन गरिएको छ ।

यसअघि सिडिओ बास्तोलाले सोमबारदेखि नै निषेधाज्ञा लगाउने तयारी रहेको भनिएपनि आईतबारको निर्णय अनुसार मँगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । बैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा हुने भएको छ । 

  • 0%
  • 8%
  • 8%
  • 8%
  • 8%
  • 42%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७८ बैशाख १९ आइतबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus