मोसा दुर्घटना हुँदा एक जना ठहरै, २ गम्भिर !
सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।

२०७७ भदौ १९ शुक्रबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा अहिले भर्खरै मोटरसाईकल (मोसा) दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यू भएको छ भने २ जना घाईते भएका छन् ।
बेलुकी ८ः३० बजेतर्फ सिरहाको नरहा गाउँपालिका वडा नं. ५ बलबा टोल नजिकै चोहरबादेखि सिरहा जाने बाटोमा मोटरसाईकल दुर्घटना भएको हो । २२० सिसि पल्सर अनटेस्ट मोटरसाईकलमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै मृत्यू भएको हो ।
सोही मोटरसाईकलमा बसेका अन्य २ जनाको अवस्था भने गम्भिर रहेको छ । मृतक र घाईतेहरुको नाम भने खुल्न सकेको छैनन् । घाईतेहरुलाई नजिकको अस्पतालमा उपचारको लागि पठाइएको हो ।
सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।
घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…