केटो बचाउनै मुस्किल

२०७४ माघ १९ शुक्रबार
दिउसो ४:४६ बजे
रासस, नेपाल

 

रत्ननगर, चितवन, १९ माघ ||  चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर म¥यो । 

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्काे गैँडाको बच्चा (केटो)को पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा (केटो) उपचारकै क्रममा मरेको छ । 

सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्काे केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो । 

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ । 

बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्काे खोरमा राखिएको छ । 

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउनुहुन्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७४ माघ १९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }