आठ साहित्यकार 'साहित्यदूत' घोषित

२०७४ माघ १६ मंगलबार
बिहान ११:२० बजे
न्यूज ब्यूरो, डेस्क


काठमाडौँ, १६ माघ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गरे । 

 

सो अनुसार नेपाली साहित्यदूत सगरमाथा तुलसी दिवस र नेपाली साहित्यदूत कन्चनजंघा प्रा डा टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत ल्होत्से मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत), नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल र नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईँ (म्यानमा), नेपाली साहित्यदूत चोयु भक्त घिमिरे (भुटान/अमेरिका) र नेपाली साहित्यदूत धौलागिरि अन्नपूर्णलक्ष्मी राई ( बेलायत) लाई घोषणा गरिएको छ । 

 

सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सो सम्मान अर्पण गरिने बताइएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको महासङ्घका राजु सुब्बाले जनाए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७४ माघ १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }