किबी जोन सञ्चालन हुने भएपछि कृषक खुशी

-न्युज ब्युरो, डेस्क

 

इलाम, १३ माघ : व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

पाँच सय हेक्टर क्षेत्रफलमा जोन क्षेत्र फैलने जनाइएको छ । जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किबी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताउनुभयो । जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरिने बताइएको छ । 

किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताउनुभयो । 

यहाँ प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाका जमुना, सुलुबुङ, मावु, माईमझुवा, लुम्दे, आमचोकलगायतका गाउँमा किबीको व्यावसायिक खेती शुरु गरिएको छ । किबी खेतीमा कृषकको बढ्दो आकर्षणसँगै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), कमर्सियल एग्रिकल्चर एलाइन्सजस्ता संस्थाले यस अघि किबी खेतीका लागि लगानी गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

'अब सहकारी कार्यक्षेत्र अधिनमा मात्र कारोवार गर्छौं' : अध्यक्ष यादव 

न्यूज ब्यूरो  || जनकपुरधाम, ५ फागुन । सहकारी धनुषाका अध्यक्ष ध्रुव कुमार यादवले सहकारी कार्यक्षेत्रभित्र रही मात्र कुनै सँस्थासँग कारोवार गर्ने

केटो बचाउनै मुस्किल

  रत्ननगर, चितवन, १९ माघ ||  चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा

चिसोका कारण रु एक करोडभन्दा बढीको माछा मरे

  नुवाकोट, १३ माघ : समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् ।  बेलकोटगढी नगरपालिका–१०

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक