जनकपुरः बच्चाको लागि दुध लिन गएकालाई प्रहरीले रोडमै सुताएर लाठी बर्षाएपछि...

आगामी बैशाख १५ गतेसम्म सरकारले नेपालमा लकडाउनको घोषणा गरेको छ । 

२०७७ बैशाख ७ आइतबार
बिहान १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाबाट बच्न सरकारले लगाएको लकडाउनको क्रममा बच्चाको दुध लिन गएका एक युवक जनकपुरमा निर्घात कुटिएको छ । 


जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्णलाई लकडाउनमा चोकमा डयुटिमा रहेका प्रहरीले निर्घात कुटपिट गरेको हो । 


बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले निर्घात रुपमा कुटपिट गरेको भनेर उनले आफ्नो फेसबुक लाइभमा बयान दिएका छन ।


विहानै कदमचोकमा उनलाई प्रहरीले पहिले सोधपुछ गरी बच्चाको दुध लिएर जाँदै गएको अवस्थामा सकडमा सुताएर लाठी प्रहार गरेको हो । उनको जीउभरि निलडाम देखिएको छ । 


 

उनले लाईभमा लकडाउन आफूहरुकै लागि हो भनेर बुझेपनि बच्चाको भोकले गर्दा खेरी दुध लिन जान पाउने अधिकार समेत खोसेको बताएका छन् ।


प्रहरी प्रशासनले दुध, चामल, दाल, तरकारी सहित खाद्यान्न अत्यावश्यक वस्तुमा राखेको छ । दुधलाई निर्वाध रुपमा ओसार पोसार गर्न दिएपनि दुधकै लागि प्रहरीले कुटपिट गरेको बताएको छ । 


कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गुहारेका छन् । उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पालना सबैलाई गर्नुपर्छ । लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी निर्ममता पूर्वक कुटपिट गर्नु कहाँको न्याय हो’ भनेका छन् ।

 

उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रोके र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले लठ्ठीबाट कुटपिट गर्न थाल्यो । सडकमै सुताएर कुटपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् ।

 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले लकडाउनको बेला सिस्टम अनुसार पालना नगरे तथा प्रहरीसँग दुरव्यवहार दर्साएकोले समान्य लाठीचार्ज गरेको हुन सक्ने प्रतिक्रिया दिएको छ । 

 

आगामी बैशाख १५ गतेसम्म सरकारले नेपालमा लकडाउनको घोषणा गरेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७७ बैशाख ७ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus