'दबंग- द टुर नेपाल' को लागि सलमान खान आउँदै

२०७४ माघ ५ शुक्रबार
रति ९:२९ बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, ५ माघ । 
बलिवुडका चर्चित अभिनेता सलमान खान 'भाईजान' नेपाल आउने भएको छ । 


आगामी फागुन २६ गते काठमान्डौँको टुँडिखेलमा हुने  'Dabang- The Tour Nepal'  कार्यक्रमको लागि सलमान खान सहित अन्य बलिवुड सुपर स्टार नायक नायिकाहरुको टिम २६ गते फागुनको नेपाल आउन लागेको हो । 

 

 


सलमान खान सँगै प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह,मनिष पाल, सोनाक्षी सिन्हा, मिट ब्रदर्श लगायतका सुपर स्टारहरु काठमान्डौँ तताउने भएको छ । 
कार्यक्रमको आयोजक समेत रहेको सलमान खानका कान्छो भाई सोहेल खानले  शुक्रबार काठमाडौंस्थित एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरि 'दबंग द टुर नेपाल' को बारेमा जानकारी दिएका हुन्।

 

 

 

उक्त कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकरात्मक प्रचारलाई न्यूनिकरण गर्दै विश्वसामु नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने रहेको जनाइएको छ।

 

नेपालको ओडिसी नेपाल, सोहेल खान प्रोडक्सन र जेइ इभेन्ट्ससँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रम नेपाली कलाकारहरुको पनि प्रस्तुति रहने छ।

तर, सो कार्यक्रममा चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने जनाइएपनि कलाकारहरुको नाम भने तोकिएको छैन। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७४ माघ ५ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus