• २०७५ पौष ४ गते, बुधबार
०६:०६ pm

कानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको जिकिर

 

काठमाडौँ, १ माघ :  मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गर्नुभएको छ । 
यहाँ आज पत्रकार सम्मेलन गरी उहाँले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताउनुभयो । 

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको आरोप लगाउनुभयो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

रासस, नेपाल

प्रतिकृया दिनुहोस