जनकपुरमा माता 'सीता' को विश्वकै विशाल मूर्ति बन्दै, मुख्यमन्त्री राजी !

जनकपुरमा माता सीताको विश्वकै सबभन्दा ठुलो प्रतीमा निर्माण भएपछि जनकपुर विश्वमा अझ प्रख्यात हुनेछ । 

२०७६ माघ २३ बिहीबार
दिउसो १:३६ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जगत जननी माता सीताको विश्वकै सबभन्दा ठुलो मुर्ति (स्टेचू) बनाउने अवधारणा उपर गृहकार्य सुरु भएको छ । 

 

माता सीताकी नगरी भनेर विश्वप्रसिद्ध रहेको जनकपुरमै माता सीताकी विश्वको सबभन्दा अग्लो मूर्ति बनाउने उदेश्य सहित गृहकार्य थालिएको हो । त्यसको लागि विभिन्न निकाय तथा सरोकारबालाहरुसँग भेटघाट सहित छलफल तीव्र पारिएको छ । 


यो अवधारणा जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले ल्याएकी छन् । जनकपुरको बाह्रविघा रंगभुमी मैदान मा माता सीताको विश्वकै सबभन्दा ठुलो मूर्ति बनाउने अवाधारणालाई उजागर गरेकी हुन् । 


सो क्रममा विहिबार कर्णले प्रदेश नं. २ का सरकारले समेत विश्वको सबभन्दा ठुलो मूर्ति बनाउने हेतु राजी जनाएका छन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतसँग कुराकानी गर्दै कर्णले नारी सम्मान, छोरीको सम्मानको लागि पनि जनकपुरधाममा माता सीताको सबभन्दा ठुलो प्रतिमा बनाउनु आफैंमा सराहनीय भएको बताइएको छ । 

 

मिथिला डिबा पेजबाट लाईभ आउँदै कर्ण सहित मुख्यमन्त्री राउतले आफू सुरुदेखि नै मधेशका धार्मिक सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गराउन पहल थालेको भन्दै माता सीताको मूर्ति बन्नु जनकपुरको अहोभाग्य हुने बताउनुभयो । 

 

 

यसअघि सोमबार कर्णले जानकी मन्दिरमा  पत्रकार साम्मेलनको आयोजना गरी सितालाई योद्धाको रुपमा चिनाउन १ सय ५१ फिटको मुर्ति बनाउने बताएकी हुन्। सिता सात वर्षकै उमेरमा धनुष उठाउँएकी दृष्य देखाउने गरी प्रतिमा बनाउने उनले बताईन् । 


गोलो अकारको पृथ्वी माथि सिता धनुषा उठाएको जस्तो देखिने र पृथ्वीको अन्य भागमा साना–साना रामायणलाई दर्शाउने मुख्य दृष्य प्रष्टाइनेछ । पर्यटकलाई लोभ्याउन मद्दत पुग्ने र वल्र्ड गिनिज बुकमा यो ठाउँको नाम लेखाउने यस्तो अवधारण ल्याएको कर्णको भनाई छ ।


कर्णले नेपालकै गौरवको रुपमा स्थापित र धार्मिक धरोहरको रुपमा रहेको जनकपुरमा रामायणकालिन योद्धा, नारी योद्धाको विश्वको सबभन्दा ठुलो प्रतीमा बनाउनमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेकी हुन् । विहिबार मुख्यमन्त्रीसँग पत्रकार सम्मेलनमा कर्णले मिथिलानी जहाँ भएपनि आफ्नो मान, सम्मान र सँस्कृतिलाई विर्सन नहुने सन्देश दिइन् । 


जनकपुरमा माता सीताको विश्वकै सबभन्दा ठुलो प्रतीमा निर्माण भएपछि जनकपुर विश्वमा अझ प्रख्यात हुनेछ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७६ माघ २३ बिहीबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus