जनकपुर : बम विस्फोट प्रकरणमा तीन जना पक्राउ !

उक्त बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ।

२०७६ मङ्सिर २८ शनिबार
दिउसो २:२४ बजे
विनय कु. यादव

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती भएको आत्मघाती बम विस्फोटमा एक प्रहरी ईन्सपेक्टर (प्रहरी नीरिक्षक) सहित ३ जनाको मृत्यू भएपछि अहिले सुरक्षा निकाय सक्रिय भएका छन् ।

 

धनुषा प्रहरी सो घटनामा सँलग्न हुन सक्ने आशंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान तीव्र पारेको छ । गएराती करिब १२ बजेर १० मिनेटमा भएको आत्मघाती बम विस्फोटमा परी २ जना सर्वसाधारण सहित एक सुरक्षा निकायका ईन्चार्जको पनि मृत्यू भएपछि सुरक्षा निकाय एक्सनमा आएको हो । 

 

अनुसन्धानको लागि भन्दै धनुषाको हँसपुर नगरपालिकाको बघचौडा वडा नं. २ बस्ने ललिता देवी महरा, सीता देवी महरा र मिथिला विहारी वडा नं. १ भूतही पटेर्वा बस्ने राम सुदिप दाहा धानुकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानमा राखेको हो ।

 

यो पनि पढनुहोस् : जनकपुर : बम विस्फोट हुँदा २ को घटनास्थलमै मृत्यू, ईन्सपेक्टर सहित ६ घाईते !


सो आत्मघाती बम विस्फोट हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने अन्दाजी बर्ष ४६ का राजेश्वर साह र उनका छोरा २४ बर्षिय आनन्द साहको घटनास्थलमै मृत्यू भएको हो भने सोही बम विस्फोटमा परी सख्त घाईते भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अमिर दाहालको उपचारको क्रममा अस्पतालमै मृत्यू भएको हो । 


उक्त बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको गेटमा बम झुन्ड्याउने व्यक्ति नेत्रविक्रम चन्द विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ।

 

यो पनि पढनुहोस् जनकपुर : बम विस्फोटमा घाइते ईन्सपेक्टरको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो !


सोही आशंकामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बम विस्फोटमा मृत्यू भएका राजेश्वर साह गाउँघरमा ब्याजमा रकम लगानी गर्दै आएका थिए । विभिन्न गाउँका बासिन्दालाई परेको बेला ब्याजमा रकम लगानी गर्ने राजेश्वरको घरमा शुक्रबार राती कसले बम झुण्डयायो भन्ने खुल्न सकेको छैन।  

 

बम झुण्डयाएको खवर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी नीरिक्षक अमिर दाहालको टोलीले त्यसलाई डिस्पोज गर्ने सुरसार गरेलगत्तै विस्फोट भएको बताइएको छ । सो घटनामा एक थप प्रहरी जबान सहित मृतक राजेश्वरकी एक छोरी र अर्का छोरा पनि सख्त घाईते भएका हुन् । उनीहरुको उपचार अस्पतालमा भईरहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७६ मङ्सिर २८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }