सर्लाही : परिक्षा नजिकिन लाग्दा पनि पढाई सुरु नहुँदा विद्यार्थीको भविष्य अन्योलमा

२०७६ मङ्सिर २७ शुक्रबार
दिउसो १२:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा रहेको श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको शिक्षक नहुँदा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्योलमा परेका छन् ।

 

सो विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुले रेडियो मंलगवाको कार्यलयमा पत्रकार सम्मेलन गरेर ४८ जना प्राविधिक विद्यार्थीहरुको भविष्यसँग खेलवाड भइरहेको जानकारी गराएका हुन् । आर्थिक वर्ष २०७५ र ०७६ मा यस विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ सुरु भएको थियो ।

 

प्राविधिक शिक्षा पढने भनेर खुशी र उत्साहित भएर ४८ जना विधार्थीहरु भर्ना भए । विधालयमा भौतिक पुर्वाधार कक्षाकोठा, डेस्क बेन्च र शिक्षकको चरम अभाव हुँदा पनि विधार्थीहरु प्राविधिक शिक्षा पढन पाईन्छ भने नयाँ जोस र जाँगरले कम्मर कसेर प्राविधिक शिक्षा पढने उदेश्य नियमित पठन आउन थाले। तर पढाई सुरु भएको हप्तो बित्न लाग्दा पनि शिक्षक नपाएपछि विधार्थीहरु निराश हुन थाले। 

 

प्राविधिक शिक्षकको लागि सम्बन्धित निकायसंग पटकपटक माग गर्दा पनि एक हप्तामा आउँछ, दोस्रो हप्तामा आउँछ भनी बहाना बनाउदा बनाउदै ५ महिना बित्न लाग्दा पनि स्थानीय सरकारले शिक्षकको व्यवस्था गर्न नसकेको विधार्थी राजेश पासवानले बताए। एउटा पनि शिक्षक नहुँदा प्राविधिक धारको एउटा पनि विषयको एउटा पनि पाना सम्म पनि पढाइ नभएको विधार्थीहरु दुस्ख प्रकट गरे।

 

यो आर्थिक वर्षमा मात्र स्थानीय सरकारले गैरकानुनी रुपमा तिनवटा प्रधानाध्यापकलाई सरुवा गरेको विधार्थीहरुले बताए। चौथो प्रधानाध्यापकको रुपमा आफनो विधालयमा रामपृत महतो आएको विधार्थीहरुले बताए। स्थानीय सरकारसंग कडा रुपमा शिक्षकको माग गर्दा वडाअध्यक्ष विजय यादवले मङ्सिर ७ गते शिक्षक आउने बताए। तर वडाअध्यक्ष यादवले तोकेको १४ गते र अन्तिम मिति १८ गते पनि शिक्षक नआएपछि हामीहरू शिक्षक माग राख्दै नगरपालिकामा पुगे।  

 

स्थानीय सरकारको चरम लापरबाहीको वावजुद पनि हामीहरू नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतसंग शान्ति रुपमा समयमै शिक्षक उपलब्ध गराई दिनुस, नत्र भने ४८ जना विधार्थीहरुको भविष्य धरापमा पर्ने छ भने अनुरोध गर्यौ। तर अधिकृत सकलेव रायले हाम्रो मागमा कुनै चासो नदेखाएको विधार्थीहरुले बताए। जबसम्म हामीहरुको माग सम्बोधन हुदैन, तबसम्म हामी नगरपालिकाबाट जाने छैनौं भनेपछि अधिकृतले हामीलाई नगरपालिकाको कार्यलयबाट बाहिर निकल्ने धम्की दियो। अधिकृतले धम्की दिएको बावजुद पनि आफुहरु बाहिर न निस्कदा अधिकृतले हाम्रो प्र.अ रामपृत महतोलाई बेइज्जत गर्दै धक्का दिएर बाहिर निकाल्न खोज्दा विवाद झगडामा परिणत भएको अर्को विधार्थी रितिक कुमार साहले बताए।

 

अधिकृत सकलदेव राय झगडा गर्ने उदेश्यले नै विवाद सुरु भएपछि झगडा हुनुअघि नै फोन गरि आफनो भाई र आफन्तलाई बोलाएको विधार्थी शिवनाथ कुमार साहले बताए। अधिकृतको भाई र आफन्त नगरपालिकामा आएपछि विवाद झगडामा परिणत भएको विधार्थी मनिष साहले बताए। झगडामा परेर कैयौं विधार्थीहरु सामान्य घाईते भएको थियो। कसैको हात, खुट्टा त ! कसैको टाउकोमा चोट लागेको थियो। झगडा र कुटपिटको हल्ला र आवाज सुनेपछि नजिक रहेको सशस्त्र प्रहरी बलको जवान आएर झगडा शान्त गरेको विधार्थी राजेश पासवानले बताए। जिल्ला प्रहरी कार्यलयको टोलिले मुचुल्का उठाएपछि आवश्यक सत्य तथ्यको अनुसन्धान नगरेको विधार्थीहरुले आरोप समेत लगाए। 

 

नगरपालिकाको लापरबाहीको कारण हामीहरुको भविष्य अन्योलमा परेको विधार्थीहरुले दुस्ख प्रकट गरे। मङ्सिर सुरु हुन लाग्दा पनि आफनो कुनै विषय पढाई नभएपछि हाम्रो अन्धकार बन्न पुगेको विधार्थीहरु बताए। आफुहरु कहि कतैबाट न्याय नपाएपछि न्याय पाउनका लागि मिडियाको शरणमा आएको विधार्थीहरुले बताए। हाम्रो विधालयमा प्राविधिक शिक्षाका लागि चाहिने ल्याबको शिक्षण सामग्री, शिक्षक तथा अधिकृत सकलदेव रायले विधालयको प्रअ रामपृत महतोसँग माफी माग्नुपर्ने माग र शर्त राखेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus