२० हजार विरामीलाई निःशुल्क स्वास्थ्य उपचार गरिदै

शिविर स्थलमा १२ वटा मेडिकल गाडी राखिएको छ भने ५ वटा एम्बुलेन्स र बसको व्यवस्था गरिएको

२०७६ मङ्सिर २६ बिहीबार
बिहान ०९:४२ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  करिब २० हजार विरामीलाई उपचारको गर्ने उद्देश्यका साथ महोत्तरीको सोनमा गाँउपालिका ३ स्थित खखनामा आयोजना हुने वृहत निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको छ ।


शुक्रबार (भोली) मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म नेपाली आर्मीद्धारा स्थानिय खखना माविमा आयोजना हुने उक्त शिविर मार्फत २० हजार विरामीलाई उपचार गर्ने भएका छन । जसको लागि हरेक किसिमको तयारी पुरा भईसकेको शिविरमा खटिएको नेपाली आर्मी स्रोतले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महोत्तरी क्षेत्र नं। ४ का साँसद एवम पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको संसदीय विकास कोष एवम स्थानिय सरकारको सहयोगमा आयोजना हुने सो निःशुल्क वृहत स्वास्थ्य शिविरअन्तगत खखना माविमा वहिरंग सेवाको उपचार गरिने छ भने जिल्ला अस्पताल जलेश्वरमा अप्रेशन हुने भएको छ । 


शिविर आयोजना मुल समितीका संयोजक पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले शिविरमा नेपाली आर्मीको विरेन्द्र सैनिक अस्पतालका  ६० जना विशेषज्ञ चिकित्सकको टोली, २ सयभन्दा बढि आर्मीको टिम परिचालन भएको जानकारी दिएका छन । शिविरस्थलमा खानेपानी, शौचालयलगायतको प्रवन्ध भईसकेको डा यादवले बताएका छन । 


स्वास्थ्य मन्त्रालयको ७० लाखको लागतमा संचालित हुने सो शिविरमा महोत्तरी लगायत धनुषा, सिरहा, सिन्धुली, सर्लाहीका विभिन्न किसिमका विरामीलाई निःशुल्क उपचार, ल्याव परिक्षण एवम उपचारपछि आवश्यकमात्रामा औषधी निःशुल्क रुपमा वितरण गरिने डा यादवले जानकारी दिएका छन । अहिले शिविर स्थलमा १२ वटा मेडिकल गाडी राखिएको छ भने ५ वटा एम्बुलेन्स र बसको व्यवस्था गरिएको डा यादवले बताएका छन ।


 यससम्बन्धमा सोनमा गाँउपालिकाका प्रवक्ता अशोक कुमार यादवले सोनमा गाँउपालिकामा संचालित हुने सो शिविरको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन । अहिले दैनिक रुपमा एक सयभन्दा बढिको संख्यामा सैनिकलाई गास, वास र अवासको व्यवस्था मिलाईएको र सडक, वती लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण तयारीका लागि गाँउपालिकाको कार्यालयले हरसम्भव तयारी अवस्थामा रहेको प्रवक्ता यादवले  बताएका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७६ मङ्सिर २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus