प्रसूतिभत्तामा ५ सय थप्ने भनेपनि काँग्रेसले सस्तो लोकप्रियता खोज्यो : वडाध्यक्ष मण्डल 

आमा सुरक्षा भत्तामा थप रकम माग गरेकोमा थप रकम आएपछि पुनः रु. ५०० का दरले सबैलाई बाँडने निर्णय नै गरेको

२०७६ मङ्सिर २४ मंगलबार
बिहान ०७:४६ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नागेन्द्र मण्डलले नेपाली काँग्रेसका कार्यकर्ताहरुले सस्तो लोकप्रियताको लागि मेयरलाई बदनाम गर्न खोजेको बताएका छन् ।

 

संघीय समाजवादी पार्टी तथा तत्कालिन फोरमबाट वडाध्यक्षमा विजयी भएका शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगरका स्वास्थ्य सँयोजक रहेका मण्डलले नेपाली काँग्रेसको झण्डा बोकेर केही कार्यकर्ताहरु सस्तो लोकप्रियताको लागि मात्र नारा जुलुस र धर्ना गरेको प्रतिक्रिया दिएका छन् । 

 

केही दिनदेखि शहिदनगर नगरपालिकामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले वृद्धभत्ता समयमा नबाँडेको तथा प्रसूतिभत्तामा समेत कटौति गरेको भन्दै नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यावद) लाई दोषारोपण गरिरहँदा स्वास्थ्य सँयोजक एवम् वडाध्यक्ष मण्डलले काँग्रेसको राजनीतिक प्रतिशोध र राजनीतिक मुद्दा बनाएर सस्तो लोकप्रियता खोजेको प्रतिक्रिया दिएका छन् ।

 

 यो पनि पढनुहोस् :  शहिदनगरको ऐतिहासिक नगरसभाबाट 'कृषिक्रान्ती, शिक्षा र स्वास्थ्य' लाई प्राथमिकता


न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष मण्डलले गत आर्थिक वर्षमा आमा सुरक्षा भत्ता (प्रसूतिभत्ता समेत) कुल ११ लाख रुपैयाँ मात्र बजेट आएको र त्यही आर्थिक वर्ष सहित चालु आर्थिक वर्षसम्म पनि नगरपालिकाबाट सँस्थागत प्रसूति गराएकोमा १ हजार ४० बच्चा जन्मेपछि रकम अपुग भएको समेत बताएका छन् । उनले भने, - "११ लाख रुपैयाँमा १ हजार ४० जनालाई प्रति प्रसूति रु. हजारका दरले वितरण गर्दा रकम अपुग देखियो, प्रसूति सहित उनका आफन्तहरु रकमको लागि हल्ला गर्न थाल्यो, हामीले त्यतिबेला पनि थप रकम माग गरेका थियौ र त्यतिबेला सम्म कोलेनिकाबाट रकम पाईसकेका थिएनौं, त्यस्तो अवस्थामा तत्कालको लागि प्रति प्रसूति रु. ५०० का दरले उपलब्ध गराएर सबैलाई पुरयाउने निर्णय गरयौ ।" 


त्यतिबेला रकम अपुग भएर मात्र रु. ५०० दिन निर्णय गरेपनि आमा सुरक्षा भत्तामा थप रकम माग गरेकोमा थप रकम आएपछि पुनः रु. ५०० का दरले सबैलाई बाँडने निर्णय नै गरेको बताए । सँयोजक मण्डलले प्रसूतिहरुलाई तत्कालको लागि मात्र ५०० रुपैयाँ दिएको र पछि फेरी पनि ५०० रुपैयाँ दिने भनेर भनिसकेको दाबी गर्दै नेपाली काँग्रेसले केही मुद्दा नपाएर यसैलाई मुद्दा बनाएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए । 

 

सम्बन्धित समाचार :  सम्बन्धित समाचार कान्छो मेयरको अर्को सफलता : अब शहिदनगरमै 'सिभिल ईन्जिनीयरिँग' को पढाई हुने  

 

"जम्मा त ११ लाख रुपैयाँ आएको थियो आमा सुरक्षा भत्तामा । त्यतिबेला १ हजार ४० बच्चा सँस्थागत प्रसूतिबाट जन्मीयो । बच्चाको सँख्या बढी भएपछि रकम अपुग हुनु स्वभाविक भयो नी । त्यतिबेला हामीले कागजी प्रक्रिया पुरा गर्न सकेका थिएनौ । तर अपुग रकम चाँही माग गरिसकेका छौं । अब आएलगत्तै बाँकीको ५०० रुपैयाँ सबैलाई बाँडछौं । त्यतिबेला त हल्लाको कारण बाध्य भएर ५०० मात्र बाँडेका थियौं , हामीले केही समय प्रतिक्षा गर्न भनेका थियौं, गरेको भए एकमुष्ट १००० रुपैयाँ बाँडने थियौं । अब थप रकम आएलगत्तै उनीहरुलाई थप रकम बाँडनेछौं" – सँयोजक मण्डलले थपे । 


नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नगर प्रमुख बरबरियालाई भ्रष्टाचारी भनेर नाराजुलुस गरेको प्रति प्रतिक्रिया दिँदै सँयोजक मण्डलले त्यसलाई नेकाँको सुनुयोजित बखेडा भएको बताए । प्रसूतिहरुलाई थप ५०० रुपैयाँ दिने भनेर भनिसकेको अवस्थामा बलपूर्वक उचाल्नु राजनीतिक द्धेष भएको बताउँदै उनले नगरका जनताले बेतुका विरोधको सबै रहस्य थाहा पाईसकेको बताए । 


यता, केही अनलाईनहरुमा शहिदनगर नगरपालिका कालो सूचिमा परेको र बजेट समेत रोक्का भएको भनेर समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दै नगर प्रमुख उदय कुमार बरबरियाले त्यसलाई राजनीतिक रिसबी बताएका छन् । समयमै नगर परिषद् सम्पन्न गरेर बजेट ल्याएको बताउँदै उनले अनुदानको थप रकमहरु पनि आईसकेको दाबी गरेका छन् । 

 

उनले भने, "नगर परिषद् जनता एकाई माविकै प्राँगनमा हजारौं नगरवासीको प्रत्यक्ष उपस्थितिमा गरेको कसलाई थाहा छैन ? के पत्रकारहरु त्यहाँ गएका थिएनन र ? त्यतिबेला मिडियामा समाचार आएनन र ? शहिदनगर कालोसूचिमा परेको र बजेट नल्याएको भनेर लेख्ने मिडिया र मिडियाका पत्रकारको नैतिकता जानोस्, होस छ की छैन ? कि मगज बिग्रेको हो त्यो त उनीहरुलाई नै थाहा होला । तर उनीहरुलाई चेकअपको जरुरी देखियो । यसरी झुठो र हावादारी समाचार लेखेर रमाउने पत्रकारहरुलाई रमाउन दिनुस् । जनता सबै कुरा बुझिरहेको छ ।"  


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७६ मङ्सिर २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus