जनकपुर : बोर्डिङग स्कूलका शिक्षकले विद्यार्थी उपर साईकल प्रहार गरेपछि...

उनीहरुले सबै घण्टी लिजर भएपछि विद्यार्थीहरु आक्रोसित भएर तालाबन्दी गरेको जनाइएको छ । 

२०७६ मङ्सिर ६ शुक्रबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा विद्यार्थीहरुलाई एक बोर्डिङग स्कूलका विद्यार्थीहरुलाई त्यही विद्यालयका शिक्षकले विद्यार्थीहरुलाई कुटेपछि विद्यालयको अवस्था तनावग्रस्त बनेको छ । 

 

समयमा पठनपाठन नभएको तथा विषयगत शिक्षकहरुको कमी भएपनि गुनासो गर्न जाँदा विद्यार्थी कुटेपछि विद्यार्थीहरुले जनकपुरको न्यू ईङगलिस बोर्डिङग स्कूलमा तालाबन्दी गरेको छ । समयमा कुनै पनि शिक्षक नपढाउने गरेको भन्दै उनीहरुले सबै घण्टी लिजर भएपछि विद्यार्थीहरु आक्रोसित भएर तालाबन्दी गरेको जनाइएको छ । 

 

जनकपुरको मुरलीचोक स्थित रहेको न्यू ईङगलिस बोर्डिङग स्कूलका विद्यार्थीहरुले व्यवस्थापनमा नियमित अध्ययन अध्ययापनको लागि गुनासो गर्न गएपछि आक्रोसित व्यवस्थापन पक्षले विद्यार्थीहरुलाई कुटपिट गरेको थियो । विद्यार्थीहरुलाई कुटपिट गरेपछि सिँगो विद्यालयका विद्यार्थीहरुले सडकमा ओर्लेपछि अवस्था तनावग्रस्त बनेको थियो । समयमै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको सुरक्षाकर्मीहरुले स्थितिलाई नियन्त्रणमा लिएको थियो । 

 

 

सडकमा आएर विद्यालयका शिक्षकले एक विद्यार्थी उपर साईकल प्रहार गरेपछि अवस्था झन तनावग्रस्त भएको बताइएको छ । महिनौदेखि विद्यालयको अवस्था बेहाल भएपनि विद्यालय व्यवस्थापन पक्षले विषयगत शिक्षकहरु परिपूर्ति नगरी कक्षा खाली खाली गरेको आरोप विद्यार्थीहरुको छ । उनीहरुले परीक्षाको समय नजिक आएपछि अहिलेसम्म अधिकांश विषय यथावत रहेको भन्दै उनीहरु आन्दोलन गर्न बाध्य भएको बताइएको छ । 

 

यता, सुरक्षाकर्मी र विद्यालय व्यवस्थापन पक्षबीच र विद्यार्थीहरुको सहभागीतामा समस्या उपर छलफल भईरहेको जनाइएको छ । सो क्रममा एक विद्यार्थीलाई हातमा चोट लागेको जनाइएको छ भने एक महिना अघि एक विद्यार्थीले अध्ययन अध्ययापनको बारेमा गुनासो गर्न जाँदा एक महिनाको लागि सस्पेन्स गरेको बुझिएको छ । यता, विद्यालय व्यस्थापन पक्षसँग सम्पर्क गर्न खोज्दा फोन भने उठेनन् ।

 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

  • २०७६ मङ्सिर ६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया

पूरा पढ्नुहोस्

Bureau Menus

} }