• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



राजपा लाई २० दिन म्याद थप, भोलीदेखि सँयोजकमा 'महतो'

अध्यक्ष मण्डलको सँयोजकको जिम्मेवारी प्रतिनीधि सभा सदस्य राजेन्द्र महतोले सम्हाल्ने निर्णय समेत गरिएको हो ।  

फाईल तस्विर
Loading...

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी विस्तारिकरणको लागि २० दिन समय थप गरेको छ । 

 

बुधबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा राजपाका सँयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट विभिन्न जिल्लामा गठनन हुन बाँकी रहेको वडा समिति, तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तथर्द समिति र जिल्ला तदर्थ समिति गठन गर्न यस अघि कार्तिक ३० गतेसम्म अन्तिम समय तोकेको भएपनि केही कारणवंश ढिलाई भएको भन्दै २० दिन समय थप गरिएको हो । 

 

अध्यक्ष मण्डलहरुको बैठकबाट गत र्कािर्तक ८ गतेमा माथिका निर्णयहरु गरिएपनि विभिन्न जिल्लामा उक्त समितिहरु गठन गर्न बाँकी रहेको थियो । पार्टीको तदर्थ समिति गठन निर्देशिका २०७६ अनुसार २०७६ कार्तिक ३० गतेसम्म सम्पन्न गर्नुपर्नेमा कतिपय ठाउंमा ती समितिहरु ग्ठन गर्न बाँकी रहेको भन्दै बुधबार अर्को निर्णय गरेको हो । 

 

विभिन्न ठाउँमा समिति गठनमा विवाद देखिएको भन्दै समहति तथा लोकतान्त्रिक विधि र प्रक्रियाबाट समस्या समाधान गरी तोकिएको समयभित्रै समिति गठन गर्न ह्वीप समेत जारी गरिएको छ । यसका साथै पार्टीका केन्द्रीय पर्यवेक्षकहरुले आ आफ्नो क्षेत्रमा गई मँसिर २५ गतेसम्म समिति गठन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न आदेश जारी गरेको हो । 

 

मँसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा सम्पूर्ण कागजात सहितको प्रतिवेदन लिएर केन्द्रीय कार्यालयमा आउन सबै केन्द्रीय पर्यवेक्षकहरुलाई निर्देशन गर्ने निर्णय समेत गरिएको हो । यसका साथै, मँसिर ५ गते विहिबारदेखि राजपा नेपालको अध्यक्ष मण्डलको सँयोजकको जिम्मेवारी प्रतिनीधि सभा सदस्य राजेन्द्र महतोले सम्हाल्ने निर्णय समेत गरिएको हो ।  
 



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...